ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ..


admin
चैत्र ९, २०७५ शनिबार  २ : १० बजे

दैलेख, ९ चैत ।  दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भन्नुभयो, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उहाँले भनुभयो, “मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन ।” 

दैलेखमा तीन÷चार वर्षअघि दुई पटक प्याराग्लाइडिङ्गको परीक्षण गरिएको भए पनि नियमित रुपमा उडान यस वर्ष भएको छ । 

दैलेख महोत्सवको अवसरमा पाँच दिनसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको थियो । महोत्सवको सबैभन्दा आकर्षक नै प्याराग्लाइडिङ रहेको दैलेख उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो । दैलेखमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नका लागि र पञ्चकोशी क्षेत्र भ्रमणमा आउने धार्मिक पर्यटकका लागि पनि दैलेख बजारबाट प्याराग्लाइडिङको उडानको सम्भावना रहेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ । 

प्याराग्लाडिङका पाइलट दैलेखकै बुढा 

दैलेखमा यसपालि तीन प्याराग्लाइडिङ गरिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ का नवीन बुढाले विगत दुई वर्षदेखि प्याराग्लाइडिङगको उडान गरिरहेका छन् । भारतमा कोर्ष पूरा गरेर नेपालमा अधिकारी उडानको जिम्मेवारी पाएका उनले द एड्भेञ्चर प्याराग्लाइडिङमा काम गरेको बताउनुभयो ।

अहिले दैलेखका विभिन्न सम्भावना भएका स्थानमा आफूले परीक्षण उडान गरेको बुढाको भनाइ छ । दैलेखका महावु, सदरमुकाम दैलेख बजारको पुरानो बजार, गिताचौरलगायतका स्थानबाट उडान गर्न सकिन्छ । उडानसँगै अन्त्यमा बस्नबका लागि पनि भू–भागको आवश्यकता पर्दछ ।

चैत-वैशाखमा हावा, हुरीका कारण अलि धेरै जोखिम हुने बुढाको भनाइ छ । दैलेख सदरमुकाम टाकुरोमा भएकाले उडान गरेका सबै व्यक्ति आकाशमाथिबाट दैलेख बजार देख्दा निकै मोहित भएको बुढाको बताउनुभयो । 

महिला पनि आकाशमा 

साहसिक पर्यटनको नाम दिइएको प्याराग्लाइडिङको उडान दैलेखमा महिलाले समेत गरेका छन् । पहिलो पटक दैलेखका महिलाले आकाशमा उडेको अनुभव सुनाउँदै कमला थापाले भन्नुभयो, ‘‘निकै रमाइलो हुँदोरहेछ । जहाजमा चढेको भन्दा पनि छुट्टै अनुभव भयो ।’’ प्याराग्लाइडिङ गर्न पोखरामा जाने उहाँको धोको दैलेखमै पूरा भएको छ । कमलाजस्तै धना खड्काले पनि प्याराग्लाइडिङमा उड्दाको आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठ)

सर्लाहीमा गोली लागेर एक बालक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com