ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँः अध्यक्ष तिमिल्सिना


admin

भरतपुर, ७ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ ।

आज भरतपुरमा रासससँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले एक वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “ऐन कानून निर्माणसँगै आवश्यकताका आधारमा राष्ट्रियसभाले सरकारलाई निर्देशित गरेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रियसभाको निर्देशनानुसार सरकारले कार्यान्वयन गरेको छ ।” धेरै कानून निर्माण भइसकेको भन्दै उहाँले आवश्यकताका आधारमा अन्य कानून निर्माण गर्दै जाने बताउनुभयो । 

“सङ्घले निर्माण गर्ने ऐनमा तीनै तहको आवश्यकता र समस्यालाई समाधानमूलक किसिमले समेटने छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “तीनै तहमा योजना ल्याउन गरिएको प्रयासलाई जिम्मेवारीपूर्वक सदुपयोग गर्न आवश्यक छ ।” तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था अन्त्य हुने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “तीनै तहका सरकारको अधिकार बाँडफाँट गर्ने कानून निर्माणपश्चात् निर्वाध रूपमा काम गर्ने बाटो खुल्नेछ ।” 

जनताको हितमा राजनीतिलाई स्थापित गर्ने ढिलाइका सन्दर्भमा सङ्घीयतामाथि प्रश्न चिह्न लगाउन नहुने बताउँदै उहाँले संविधानमा भएको तहगत अधिकारलाई तहगत हिसाबले प्रयोग गरेमा असन्तुष्टि हट्न सकिने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मअनुसार तीन तहका सरकारलाई चाहिने ऐन निर्माणका चिन्ता, चासो र सुुझावका आधारभूमिमा निरन्तर संसद्को बैठक बसिरहेको उल्लेख गर्दै मुलुक नयाँ संरचनामा अघि बढेकले यसको सही कार्यान्वयन गरेर देशलाई समृिद्धको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले सबै क्षेत्रको सहयोग र सहकार्यबाट देशले मुहार फेर्ने विश्वास व्यक्त गर्दै योजना ल्याएर समयमै सकिने र विनियोजित बजेट पारदर्शी एवं गुणस्तरीय ढङ्गले सम्पन्न गरेमा परिवर्तनको अनुभूति जनताले गर्न सक्दछ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com