ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस भक्तपुरले ८२ उम्मेदवारको नाम केन्द्रमा पठायो


admin
आश्विन २०, २०७४ शुक्रबार   ६ : ५०   बजे

भक्तपुर, २० असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस भक्तपुरले ८२ उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरेको छ ।

पार्टीको नगर समिति, क्षेत्रीय समितिले सिफारिस गरेको नामावलीमा जिल्ला समितिको बैठकले उम्मेदवारको आकांक्षीको केही नामावली थप गरी केन्द्रमा सिफारिस गरेको काँग्रेस भक्तपुरका सचिव उद्धव सिलवालले जानकारी दिनुभयो ।

काँग्रेसले भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ बाबुराजा जोशी, नवराज दाहाल र यादवप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा समानुपातिकतर्फ अम्बिकादेवी झा, सुभद्रा काफ्ले, पुरुषोत्तम लामिछाने र गणेशकुमार प्रजापतिको नाम सिफारिस गरिएको सिलवालले जानकारी दिनुभयो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, कविर राणा, सांसद रामेश्वर ढुङ्गेल, माथवरसिंह बस्नेत, भेषबहादुर कार्की र सांसद मनमोहन भट्टराईको नाम सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा समानुपातिकतर्फ रामप्रसाद दवाडी, अच्युतप्रसाद मिश्र र गौरी खड्का केसीको नाम सिफारिस भएको छ । यता प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नं १ को प्रदेश निर्वाचन क्षेत्र नं १ चाँगुनारायणमा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जीवन खत्री, प्रवीण वन, कृष्णलाल भँडेल, मनोजकुमार थापा, धर्मराज थापा मगर, सुरेश श्रेष्ठ, किरण न्यौपाने र यज्ञविक्रम थापाको नाम सिफारिस भएको छ ।

सोही प्रदेशसभाका लागि समानुपातिकतर्फ सरु बानियाँ, हरिप्रसाद नेपाल, विजेश अवाल, शंकरप्रसाद गौतम, रुपा थापा, शिवप्रसाद मुनकर्मी, राधा कार्की, गंगालक्ष्मी अवाल, संगीता फुयाँल, विजयालक्ष्मी सुवाल, सावित्री लामिछाने र सानुमान लामा तामाङ्गको नाम सिफारिस भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशमा प्रत्यक्षतर्फ रवीन्द्र प्रधान, नारायणप्रसाद तमखु र अनिल भुजूको नाम सिफारिस भएको छ । सोही प्रदेशसभाका लागि समानुपातिकतर्फ रजनी जोन्छे, दयामान कर्माचार्य, रमा शिल्पकार, रञ्जना कक्षपति, सुन्दर भेले, धर्मरत्न खाइतु, किरण शिल्पकार र सुरेशराज भण्डारीको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ भने निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं १ सूर्यविनायकमा प्रत्यक्षतर्फ पार्टी सचिव उद्धव सिलवाल, क्षेत्रीय सभापति नारायण खायमली, अंगद खड्का, सुशीला बस्नेत, कृष्णमुरारी न्यौपाने, रामगोपाल न्यौपाने, शंकर केसी, विदुरमानसिंह बस्नेत, विनोद ढुङ्गेल र सुनिल ठकुरीको नाम सिफारिस भएको छ । सोही प्रदेशमा समानुपातिकतर्फ राजनकाजी त्वाती, पूर्ण नेपाली बिसुङ्खे, रोजी बिसुङ्खे, शशी बस्नेत, नीलकमल ध्वजू, सावित्री कार्की, ललिता धिताल पोखरेल, विजया शर्मा कोइराला र हीरालक्ष्मी कोजूको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं २ मध्यपुरथिमिमा प्रत्यक्षतर्फ पूर्वसभापति गणेशमान चक्रधर, सन्तोष भट्टराई, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, मध्यपुरनगर सभापति सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, मुरारीप्रसाद आचार्य, गोकुल शर्मा, केदार खड्का र गणेशमान कुटुको नाम सिफारिस भएको छ ।

सोही प्रदेशमा समानुपातिकतर्फ जीवन सिंजापति, उर्मिला वन, सीताराम दुगु, ओमप्रकाश श्रेष्ठ, भगवती अधिकारी र कल्पनादेवी पोखरेलको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group