ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारी खेलग्रामको अध्यक्ष तिम्सिनाद्वारा शिलान्यास


admin

राजविराज, २ चैत ।  सप्तरीको कञ्चनरूप नगरपालिका–९ स्थित खयरवनमा निर्माण गर्न लागिएको मदन भण्डारी खेलग्रामको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आज एक समारोहका बीच शिलान्यास गर्नुभयो । 

एक सय २४ बिघामा खेल ग्राम निर्माणका लागि यस आर्थिक वर्ष रु २५ लाख विनियोजन भई काम शुरु हुन लागेको जिल्ला खेलकूद विकास समितिका प्रमुख दिनेश भुजेलले जानकारी दिनुभयो । 

यसैगरी राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाले सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ रुपनगरमा मदन भण्डारी मार्गकोे शिलान्यास गर्नुभयो । 
कार्यक्रममा अध्यक्ष तिम्सिनाले खेलाडीको शारीरिक र मानसिक विकास नभएसम्म खेलकूदको विकास नहुने बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले नेपाली जनताको सुख, शान्ति, सुशासन भन्ने सपनालाई साकार पार्न समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारी सरकारले विकास निर्माणको कार्यलाई तीव्रताका साथ अगाडि बढाइ रहेको बताउनुभयो । 

शिलान्यास भएको यो खेलमैदानलाई नेपालकै उत्कृष्ट खेलमैदान बनाउन आफू लागि पर्ने उहाँले विश्वास दिलाउनुभयो । सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद सरिता गिरीले विकास निर्माणको सवालमा सप्तरी जिल्ला सधैँ अगाडि हुनुपर्छ भन्दै यस खेलमैदानलाई नमूना बनाउनका लागि आफू लागि पर्ने बताउनुभयो । 

शिलान्यास गरिएको सो मदन भण्डारी मार्ग रुपनगर चोकदेखि चर्खिया, बसतीपुर, पौडाहा खोला हुँदै उदयपुर जिल्लाको सिवाइ हुँदै पहाडी मार्गसम्म जोडिने छ । यसका लागि करीब रु एक करोड विनियोजन भई ठेक्का लागि सम्झौता हुने तयारीमा रहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com