ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल


admin

काठमाडौं,१ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चूप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो । 

“देशमा आतङ्क मच्चाउने, राष्ट्रिय अखण्डतामाथि धावा बोल्ने, राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन, राज्यको शरीरमा एक थोपा रगत रहुञ्जेल सरकार राष्ट्रियताको पक्षमा लडिरहने छ”, उहाँले भन्नुभयो ।

मन्त्री पोखरेलले चन्दा नदिँदा पार्टी तथा देशको नेतृत्वमा रहेका व्यक्ति र अन्य नागरिकलाई मार्ने योजना बनाउनेलाई त्यस्ता गतिविधि गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पार्दै नागरिक अधिकारवादीलाई पनि एकोहोरो मात्र नबुझी वास्तविकता बुझ्न आग्रह गर्नुभयो । 

उहाँले पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतको व्यवहारप्रति सरकारले मूल्याङ्कन गरिरहेको बताउँदै राउतले राज्यको मूलधारमा आउने तथा संविधानलाई स्वीकार गरेअनुसार नै सरकार र राउतबीच सम्झौता गरिएको स्पष्ट गर्नुभयो । 

नेकपाका नेता पोखरेलले पार्टी एकीकरण केवल देखाउन र सूचनापाटी राख्नका लागि मात्र नभई जनताको सारथी बन्न र मुलुकको समृद्धिका लागि भएको बताउनुभयो । आगामी दिनमा नेकपा राजनीतिक र संवैधानिक घोषणानुसार विकास र समृद्धिको बाटामा जनतालाई साथमा लिई तीव्र गतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अध्यक्षद्वयले तयार पारिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले एकताको प्रक्रिया लगभग अन्तिम चरणमा रहेको बताउनुभयो । 

पार्टीको तल्लो कमिटीको एकीकरणको गृहकार्य अध्यक्षद्वयले तयार पारिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले एकताको प्रक्रिया लगभग अन्तिम चरणमा रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com