ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पामा प्रत्यक्षभन्दा समानुपातिकमा आकांक्षी धेरै


admin
आश्विन २०, २०७४ शुक्रबार  १ : १० बजे

रोल्पा, २० असोज ।  मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक दलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेका हुन् ।

नेपाली काँग्रेसको गत असोज १६ र १७ गते सदरमुकाममा बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला पार्टी सभापति अमरसिं पुनको नाम सिफारिस गरेको छ ।

यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट माधवप्रसाद आचार्य, नारायणप्रसाद सुवेदी, मिश्री हमाल, रेगबहादुर सुवेदी, सिमबहादुर विष्ट, दलसिं कामी, हरिबहादुर राना र कविता उपाध्यायको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नं २ बाट पूर्व सहायक मन्त्री भीमकुमारी बुढाको नाम प्रतिनिधिसभाका लागि समानुपातिकबाट सिफारिस भएको छ ।

प्रदेशसभामा क्षेत्र नं १ बाट पार्टी जिल्ला सचिव शेरबहादुर महराको नाम सिफारिस गरिएको छ भने सोही क्षेत्रबाट समानुपातिकतर्फ पूर्व सांसद लेखनाथ आचार्य, विद्यार्थी नेता मनोजमणि आचार्य, तीजा विष्ट, श्रीकुमारी रोका, मनिकला राना, पुष्पा श्रेष्ठ, पदम विष्ट र देवा आचार्यको नाम सिफारिस भएको छ ।

यसैगरी क्षेत्र नंं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ खटकबहादुर खत्री, खगेन्द्र हमाल र दीपक श्रेष्ठको नाम सिफारिस भएकोे छ । सो निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ प्रदेशसभाका लागि झक्कुप्रसाद घर्ती, बमबहादुर रोका, मोहन परियार, धनबहादुर रसायली, टीका थापा, शंकबहादुर छन्त्याल र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ ।

यसैगरी नेकपा एमालेको असोज १९ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ कुमार दशौदीको नाम सिफारिस गरेको सो पार्टीले प्रदेशसभातर्फ क्षेत्र नं १ बाट पर्शुराम घर्ती र क्षेत्र नं २ बाट जिल्ला पार्टी अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि भने समानुपातिकतर्फ सो पार्टीले पृथ्वीप्रसाद रोका, नेपबहादुर डाँगी, मनसिं डाँगी र राजकुमार कक्षपतिको नाम सिफारिस गरेको छ ।

नेकपा (माओवादी) केन्द्रको असोज १५ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका ५ नं प्रदेश इञ्चार्ज एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सभामुख ओनसरी घर्ती र महिला नेत्री जयपुरी घर्तीको नाम सिफारिस गरेको छ ।

प्रदेशसभाका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ चन्द्रबहादुर बुढा, मीना बुढामगर, पवनकुमार कवर, ओमबहादुर पुन, सीता आचार्य, राजकुमार कवर र इन्द्रबहादुर रोकाको नाम सिफारिस गरेको छ ।

यसैगरी क्षेत्र नंं २ बाट प्रत्यक्षमा दीपेन्द्र पुनको नाम सर्वसम्मत सिफारिस गरेको सो पार्टीले समानुपातिकतर्फ सुरेन्द्र घर्ती, टोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुन, हरिसरा घर्ती, भक्तबहादुर वली र काशीराम बुढामगरको नाम सिफारिस गरेको छ ।

जिल्लामा अन्य राजनीतिक दलले समेत धमाधम उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरिरहेका छन् । एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेलगत्तै पार्टी एकतासमेत गर्ने निर्णयले जिल्लामा उम्मेदवार सिफारिसमा केही अन्योल देखिए पनि पनि दुवै पार्टीबाट आएका नाम हाल जस्ताको तस्तै सिफारिस गरिएको ती पार्टीले बताएका छन् ।

निर्वाचनमा अत्यधिक मात्रामा पैसा खर्च हुने तथा प्रत्यक्षतर्फ जितको समेत सुनिश्चितता नभएकाले समानुपातिकतर्फ धेरैको अकांक्षा बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

हर्क साम्पाङको निडर बोली: मेयरबाट संसद्‌मा, देश जोगाउने जिम्मेवारी बोकेर (भिडियो सहित)

जनकपुरबाट कांग्रेसले चुनावी बिगुल फुक्ने, फागुन ६ मा सार्वजनिक गर्दै प्रतिज्ञापत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com