
काठमाडौं,२४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको हिंसाले नारी सम्मानको मौलिक नेपाली सभ्यतालाई नै चुनौती दिइरहेको बताउनुभएको छ ।
१०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहे पनि हिंसाजन्य गतिविधि चुनौतीका रुपमा खडा भएको बताउनुभएको हो ।
उहाले बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै शासकीय पद्धतिको परिवर्तनले संघीय संरचनामा बढाएको महिलाको प्रतिनिधित्वप्रति भने प्रसन्नता व्यक्त गर्नुभयो । आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प साकार हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले महिला सशक्तीकरणका लागि संघ, प्रदेश र स्थानीयतहले आ–आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति, योजना र कार्यक्रम तय गरी लागू गर्नु जरुरी रहेको बताउनुभयो ।


















प्रतिक्रिया दिनुहोस्