
काठमाडौं,२४ फागुन । आज १०९ औं अन्तराष्ट्रिय नारी दिवस महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ ।
राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।
सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको हो । सन् १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र बास र कपासको लागि हड्तालमा जाने निर्णय गरे ।
फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पथ्र्यो, जुन गे्रगोरियन क्यालेन्डर अनुसार ८ मार्च थियो । त्यसयतादेखि नै विश्वका सबै देशमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइदै आएको पाइन्छ ।


















प्रतिक्रिया दिनुहोस्