
धनगढी,२२ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा सरकार गम्भिर रहेको बताउनु भएको छ । बालिका हत्या घटनाबारे अनुसन्धान भइरहेको छ’ बुधबार धनगढीमा सञ्चारकर्मीसंग कुराकानी गर्दै गृहमन्त्री थापाले भन्नु भयो , सुरुमा सुरक्षा निकायको लापरबाहीका कारण अहिले अनुसन्धानमा जटिल्ता पैदा भएको छ ।
यो प्रकरणले पनि समय लिएको छ । सरकार छिटो भन्दा छिटो कानुनको कठघरामा ल्याउन लागेको छ ।’उहाँले केही समुहले विस्फोटन र ध्वसात्मक गतिविधीलाई सरकारले गम्भिर रुपमा लिएको बताउँदै ‘यसलाई मुलभुतमा नियन्त्रण गरेका छौं ।
गृहमन्त्री थापाले सिन्डीकेट अन्त्य भईसकेको पनि दावी गर्नु भयो । सिन्डीकेट कानुनी रुपमा अन्त्य भइसकेको छ । यो फर्किने भन्ने कुरा आएन’ उहाँले भन्नु भयो , यसलाई व्यवस्थित र व्यवस्थापन गर्ने सम्बन्धमा केही कानुनहरु अलिकति बाँझिदा समस्या भएको छ ।’ उहाँले सिन्डीकेट सम्बन्धी केही कानुनहरु बन्ने क्रममा रहेको र बनिसकेपछि यो पूर्ण रुपमा अन्त्य हुने बताउनु भयो ।
उहाँले सरकारले निर्माण व्यवसायीको सम्बन्धमा ठोस कदम उठाउने बताउनु भयो । ठेक्का लाग्ने तर, निर्माण कार्यलाई अल्पत्र छाड्ने निर्माण व्यवसायी विरुद्ध सरकारले ठोस कदम लिन्छौं’ गृहमन्त्री थापाले भन्नु भयो ।
थापाले संघीयतालाई कार्यान्वय गर्नका निम्ति संरचना खडा गर्ने आधारभुत काम पुरा भएको बताए । ‘संघीयता कार्यान्वयनका लागि केही काम अझै बाँकी रहेको छ’ उहाँले भन्नु भयो, ‘सदनमा चलिरहेको अधिवेशनले कानुन निर्माण गरेपछि त्यो प्रक्रिया पनि पुरा हुने छ ।’उहाले सरकारले एक वर्षमा अन्र्तराष्ट्रिय सम्बन्ध सकारात्मक रुपले सुदृढ गरेको दावी गर्नु भयो ।
उहाँले सरकारले सरकारले एक वर्षमा शान्ति सुरक्षा र सुशासनका निम्ती महत्वपूर्ण काम गरेको बताउनु भयो । ‘यो गोष्ठीले सुरक्षा, शान्ति र सुशासनमा महत्वपूर्ण भुमिका खेल्छ’ गृहमन्त्री थापाले भन्नु भयो ‘प्रदेश र स्थानीय तहमा शान्ति कायम गर्न कानुनहरु निर्माण गर्नुपर्ने छ ।’ एक फरक प्रसंगमा पार्टी एकिकरणका निम्ती केही काम बाँकी रहेको बताउनु भयो ।


















प्रतिक्रिया दिनुहोस्