
काठमाडौं,२० फागुन । पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले महाशिवरात्री मेलामा लागु औषध सेवन गर्नेलाई कारवाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
कानुनी रुपमा समेत बन्देज भएको हुनाले पाशुपति क्षेत्रमा हुँने गाँजा सेवनविरुद्ध प्रहरी कडाइपूवर्क प्रस्तुत हुने महानगरीय प्रहरी कार्यालयले जनाएको छ । ‘पशुपति क्षेत्रमा गाँजा बेच्ने र सेवन गर्ने दुबैलाई पक्राउ गरेर कानुन बमोजिम कारवाही गर्ने बताइएको छ ।
पशुपति क्षेत्रमा ‘बाबा’ हरुले यसअघि लुकाई छिपाइ गाँजा बेचबिखन र सेवन गर्दै आएका थिए । प्रहरीले यसपटक गाँजा बेच्ने र सेवन गर्ने बाबाहरुलाई पनि निगरानीमा राखेर गाँजाको कारोबार पूर्णरुपमा नियन्त्रण गर्ने भएको छ ।


















प्रतिक्रिया दिनुहोस्