ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ सय ३४ स्थानीय तहमा ८२ तहको निर्वाचनको नतिजा प्राप्त


admin
असार १७, २०७४ शनिबार   १ : ५०   बजे

काठमाडौँ, १७ असार । यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म ८२ तहको परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ११ बजेसम्म प्राप्त परिणामअनुसार नेकपा (एमाले) ३४, नेपाली काँग्रेस ३१ र नेकपा (माओवादी केन्द्र) १५ वटा स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् । त्यस्तै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।

उपाध्यक्ष एवम् उपप्रमुखमा एमाले ३४, काँग्रेस २८, माओवादी केन्द्र १४, सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।

ताप्लेजुङको फातालुङ गाउँपालिकाको मतपेटिका सङ्कलन हुन अझै बाँकी छ भने अछामको चोरपाटी गाउँपालिकाको वैजनाथ मावि हाडाकोटमा कार्यकर्ताभित्र प्रवेश गराउने विषयमा विवाद भएका कारण मतगणना सुरु हुन बाँकी नै रहेको जनाइएको छ ।

झापाको बुद्धिशक्ति गाउँपालिका–१ मा उम्मेदवार र उद्घोषकले घोषणा गरेको परिणाम तथा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा टिपाएको मत सङ्ख्या फरक परेका कारण स्पष्ट नभएसम्मका लागि ती दुवै स्थानको मतगणना स्थागित भएको आयोगले जनाएको छ ।

यस्तै कपिलवस्तुको बाडगङ्गा–२ को मतपरिणाम सुनाउने क्रममा कर्मचारीले गलत सङ्ख्या उद्घोष गरेकाले गए रातिदेखि मतगणना स्थगन भएको तथा झापाको दमक नगरपालिका–१ मा एमाले र राप्रपाबीच बराबरी मत (८०१) भएपछि स्थगन भएको मतगणना सुरु भइसकेको निर्वाचन आयोगबाट थाहा भएको छ । अहिले २४७ स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group