ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ सय ३४ स्थानीय तहमा ८२ तहको निर्वाचनको नतिजा प्राप्त


admin

काठमाडौँ, १७ असार । यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म ८२ तहको परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ११ बजेसम्म प्राप्त परिणामअनुसार नेकपा (एमाले) ३४, नेपाली काँग्रेस ३१ र नेकपा (माओवादी केन्द्र) १५ वटा स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् । त्यस्तै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।

उपाध्यक्ष एवम् उपप्रमुखमा एमाले ३४, काँग्रेस २८, माओवादी केन्द्र १४, सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।

ताप्लेजुङको फातालुङ गाउँपालिकाको मतपेटिका सङ्कलन हुन अझै बाँकी छ भने अछामको चोरपाटी गाउँपालिकाको वैजनाथ मावि हाडाकोटमा कार्यकर्ताभित्र प्रवेश गराउने विषयमा विवाद भएका कारण मतगणना सुरु हुन बाँकी नै रहेको जनाइएको छ ।

झापाको बुद्धिशक्ति गाउँपालिका–१ मा उम्मेदवार र उद्घोषकले घोषणा गरेको परिणाम तथा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा टिपाएको मत सङ्ख्या फरक परेका कारण स्पष्ट नभएसम्मका लागि ती दुवै स्थानको मतगणना स्थागित भएको आयोगले जनाएको छ ।

यस्तै कपिलवस्तुको बाडगङ्गा–२ को मतपरिणाम सुनाउने क्रममा कर्मचारीले गलत सङ्ख्या उद्घोष गरेकाले गए रातिदेखि मतगणना स्थगन भएको तथा झापाको दमक नगरपालिका–१ मा एमाले र राप्रपाबीच बराबरी मत (८०१) भएपछि स्थगन भएको मतगणना सुरु भइसकेको निर्वाचन आयोगबाट थाहा भएको छ । अहिले २४७ स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com