ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार निर्मूल पार्न सबैको साझा अठोट र प्रतिबद्धता आवश्यक : राष्ट्रपति


एबीसी न्यूज

काठमाडौं, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताउनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ भन्नुभयो । 

सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण र सुशासन अभिवृद्धि गर्न सकिने औँल्याउँदै राष्ट्रपतिले भन्नुभयो, “नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने सुनिन गएको छ, यो चिन्ताको विषय हो ।” 

भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको बताउँदै उहाँले गैरकानूनी तवरबाट आर्जित धन सम्पत्तिले क्षणिक लाभ भए पनि अन्तत्वगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रुपमा नकारात्मक असर पार्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रपतिले भन्नुभयो, “विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ ।” 

उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएको सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरुप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने बताउनुभयो । 

नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसबाट सिर्जित दायित्व निर्वाहका लागि आवश्यक कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गरी प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोगको खाँचो आँैल्याउनुभयो । 

उहाँले समयक्रमसँगै भ्रष्टाचारको स्वरुप र शैलीमा पनि परिवर्तन हुँदै गएको हुँदा नवीनतम् प्रविधिको प्रयोग गर्दै आयोगले आफ्ना गतिविधिलाई परिमार्जन गर्दै भ्रष्टाचार नियन्त्रणमा अझ सक्रिय र सबल भई अगाडि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगका कामकारवाहीबाट विनियोजित स्रोत साधनको सदुपयोग गर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । 

उहाँले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी अभियोजन गर्ने संवैधानिक जिम्मेवारी आयोगमा रहे पनि मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै सरोकारवाला पक्षको सहकार्य र सहयोगको खाँचो आँैल्याउनुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचरका परिणामबारे जानकारी नुहने व्यक्तिलाई सचेतनामूलक कार्यक्रममार्फत सुसूचित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने दायित्व भएका व्यक्तिबाट नियतवश हुने कार्यलाई दण्डात्मक कारवाहीबाट निरुत्साहित गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचारजन्य कार्यले कुनै न कुनै रुपमा सार्वजनिक स्रोतको अपव्यय हुनाका साथै जनताको सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने र मुलुकको विकास र समृद्धिमा बाधा पुग्ने बताउनुभयो । 

भ्रष्टाचारजन्य कार्यपछि हुने दण्डात्मक कारवाहीले मात्र अतुलनीय क्षतिको पूर्ति हुन नसक्नेतर्फ सचेत गराउँदै राष्ट्रपतिले भ्रष्टाचार भइसकेपछि कारबाही गर्नेभन्दा भ्रष्टाचार हुनै नदिने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने कुरा प्रति प्रतिबद्ध हुनु नै भ्रष्टाचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो ।” 

राष्ट्रपतिले आयोगले आगामी दिनमा निष्ठापूर्वक, सक्रिय रही संवैधानिक भूमिका निर्वाह गर्ने अपेक्षासमेत व्यक्त गर्नुभयो । उहाँले समाजका विभिन्न क्षेत्र, तह र तप्काबाट अपेक्षा गरिएका नागरिकका आशा, भरोसा र विश्वासलाई पूर्रा गर्न सफल हुने शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचार विरोधी महाअभियानमा आ–आफ्नो स्थानबाट साथ दिन र भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन आह्वान गर्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगको वार्षिक प्रतिवेदनको लोकर्पणसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com