ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस बैतडीले आकांक्षीको नामावली केन्द्रमा पठाइयो


admin
आश्विन १३, २०७४ शुक्रबार  ७ : ३३ बजे

बैतडी, १३ असोज ।  आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।

क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले उम्मेदवारको टुंगो लगाउन नसकेपछि आकांक्षीहरुको नामावली केन्द्रीय समितिमा पठाइएको नेपाली काँग्रेस बैतडीका महासमिति सदस्य तथा प्रतिनिधिसभाका लागि उम्मेदवारका आकांक्षी चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा तीनजना उम्मेदवार हुने भएपनि काँग्रेसमा २८ जना आकांक्षी देखिएपछि जिल्लामा टुंगो लगाउन नसक्दा केन्द्रमा पठाइएको हो ।

प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बैतडीमा एक पदका लागि पाँचजना उम्मेदवारका आकांक्षी देखिएका छन् । आकांक्षी उम्मेदवारहरुमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिक खुल्लामा नरेन्द्रबहादुर बम, प्रतापसिंह ठगुन्ना, रमेशदत्त पाण्डेय र राजबहादुर चन्द रहेका छन् ।

प्रतिनिधिसभा समानुपातिक समावेशीमा माया बोहरा, जानकी भट्ट, विष्ना जोशी र किरण राई आकांक्षी रहेका छन् ।

यस्तै, प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपेन्द्र केसी र दीपेन्द्रबहादुर चन्द आकांक्षी उम्मेदवार रहेका नेपाली काँग्रेस बैतडीले जनाएको छ ।

प्रदेशसभा समानुपातिक खुल्लामा विष्णुदत्त अवस्थी, पूर्णबहादुर बोहरा, हरिस विष्ट, विष्णुप्रसाद भट्ट, प्रेमराज पन्त, दीपकबहादुर बम, जोगासिंह साउद, गौरीसिंह रावल, खगेन्द्रसिंह धामी, कर्णबहादुर बोहरा, इन्द्रसिंह ऐर र अमरबहादुर विष्ट आकांक्षी देखिएका छन् ।

प्रदेशसभा समानुपातिक समावेशीमा रमेशराम कोली, टेकबहादुर लुहार, मानबहादुर ऐर, मीना धानुक र जयन्ती कुँवर (भण्डारी) रहेका छन् ।

प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नं २ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेशसिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द आकांक्षी देखिएका छन् ।

समानुपातिक खुल्लाका लागि महेशशरण भट्ट, यज्ञराज पन्त, भीमबहादुर चन्द, पे्रमबहादुर चन्द र दिनेशबहादुर चन्दको नाम केन्द्रमा पठाइएको हो । प्रदेशसभा समानुपातिक समावेशीका लागि राजेन्द्रप्रसाद कलौनी, चन्द्रबहादुर भाट, प्रेरणा शाही (थापा), पार्वती चन्द, धनमाया ठगुन्ना, देवु ठगुन्ना, कान्ता चन्द (शाही) र कमला चन्द आकांक्षी रहेका छन् ।

काँग्रेस केन्द्रीय समितिले असोज १७ गतेसम्म आकांक्षीका नाम सिफारिस गर्नका लागि निर्देशन दिएकाले सोहीअनुसार नै केन्द्रमा पठाइएको जनाएको छ । काँग्रेस केन्द्रीय समितिले असोज २९ गतेभित्र उम्मेदवारको टुंगो लगाएर जिल्ला पठाउने बताइएको छ ।

सरकारले गत भदौ तेस्रो साता आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलतालाई हेरेर पहिलो चरणमा मंसिर १० मा हिमाली एवं उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरण मंसिर २१ मा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ र प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र कायम गरेको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका अन्य राजनीतिक दलहरु उम्मेदवारको खोजी गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले असोज ५ गते बिहीबार उम्मेदवारको टुंगो लगाएको छ भने नेकपा (एमाले), राप्रपालगायतका दलले उम्मेदवारको खोजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

उपचारका लागि विदेशमा छौँ, हाम्रोबारे भ्रामक प्रचारबाजी भयो–देउवा

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com