ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैली फेर्दै मानव दलाल, फेसबुक, म्यासेन्जर हुँदै इमो सम्मको प्रयोग


एबीसी न्यूज

बाँके, १३ माघ।  नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक  पाँच करोडको करोबार हुने अनुमान छ । त्यसो त भारत प्रवेशका लागि पश्चिमको ठूलो र चलनचल्तीको नाका पनि यही हो ।

भारतबाट भित्रिने मालसामानको हिसाबले पनि नेपालगञ्ज पश्चिमको ठूलो नाका मानिन्छ । भारतबाट नेपालगञ्ज भन्सार हुँदै नेपाल भित्रिने सामान तथा सरकारले असुल्ने राजश्वको हिसाबले पनि त्यसको पुष्टि गर्छ । यहाँको यो वर्षको राजश्व असुलीको लक्ष्य रु १२ अर्ब ३३ करोड रहेको छ ।

नेपालगञ्ज नाका जोखिमपूर्ण यात्राका लागि पनि उत्तिकै चर्चामा आइरहन्छ । मानव दलालले भारत तथा वैदेशिक रोजगारका लागि नेपाली महिलालाई यही नाका हुँदै लैजाने गरेका छन् । झापा, सप्तरी, सिरहा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेका महिला तथा बालबालिकासमेत वैदेशिक रोजगारका लागि भारत हुँदै खाडी मुलुक जाने क्रममा नेपालगञ्ज नाकामा पक्राउ पर्ने गरेका छन् ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला भन्नुहुन्छ, “रुपैडिहामा किनमेल गर्न जाने निहुँ बनाएर नाका पार गर्ने कोसिस गरिन्छ ।” सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्मको माइती नेपालको तथ्याङ्कलाई हेर्ने हो भने जोखिमपूर्ण यात्रामा रहेका ९२० जनालाई नेपाल–भारत सिमानाका जमुनाबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।

तथ्याङ्कअनुसार ४१२ जना १८ वर्षमुनिका बालिका रहेका छन् भने ३१ बालक रहेका छन् । त्यस्तै १८ वर्षमाथिका ४७७ महिला रहेका छन् । सोही अवधिमा माइती नेपालले खाडी मुलुकबाट चार र भारतबाट ७८ गरी ८२ को उद्धार गरेको छ । उद्धार गरिएकामा १८ वर्षमुनिका १९ बालिका, चार बालक छन् भने १८ वर्षमाथिका ५९ महिला रहेका छन् ।

यस्तै सोही अवधिमा ८७५ जना हराएका छन् । जसमध्ये १८ वर्षमुनिका ३३२ बालिका, १२८ बालक र १८ वर्षमाथिका ४१५ महिला रहेका छन् । हराएका मध्ये १४० फेला पारेर परिवारसँग पुनर्मिलन गराइएको माइती नेपालले जनाएको छ । विदेशबाट उद्धार गरिएकामध्ये जनजाति÷आदिवासी ४८, दलित १८ र ब्राम्हण÷क्षेत्री १६ रहेका छन् ।

त्यसैगरी हराएकामध्ये सबैभन्दा बढी ब्राम्हण÷क्षेत्री ३९७, दलित २७३ र जनजाति÷आदिवासी २०५ रहेका छन् । सिमानाकाबाट उद्धार गरिएकामध्ये सबैभन्दा बढी ब्राम्हण÷क्षेत्री नै रहेका छन् । जसमा ब्राम्हण÷क्षेत्री ३५६, जनजाति÷आदिवासी ३२२ र दलित २४२ रहेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।

हराउने र सीमा नाकाबाट उद्धार गरिनेहरु उच्च घरानाका महिला तथा बालबालिकासमेत रहेको माइती नेपालको तथ्याङ्कबाट थाहा हुन्छ । विगतका वर्षमा पूर्वी पहाडी जिल्लाका महिला बालबालिका रहने गरेको भए पनि यस वर्ष भने साविकको मध्यपहाडी जिल्लाका महिला बालबालिका धेरै रहेका छन् । सधैँ भीडभाड हुने भएकाले नाका पार गराउन सजिलो हुने विश्लेषण गरेर दलालले यो नाकालाई प्रयोगमा ल्याइरहेको माइती नेपाल नेपालगञ्जका संयोजक कोइराला बताउनुहुन्छ ।

छोटो समयमा अपरिचित मान्छेले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा विवाह गर्ने बाहनामा युवतीलाई सीमा कटाउने क्रम बढेकाले पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । अहिले भारतमा मात्रै नभई तेस्रो मुलुकमा समेत महिला तथा किशोरीलाई मानव तस्करले पु¥याउँदै आएका छन् ।

“बिलासिताप्रतिको बढ्दो आकर्षण, पारिवारिक समस्या, वेरोजगारलगायतका कारण महिला, बालबालिका जोखिममा छन्”, संयोजक कोइरालाले भन्नुभयो, “दलालले बहिनी, श्रीमती, छोरीलगायतका नाता लगाएर भारत तथा तेस्रो मुलुकमा काममा लगाइदिने तथा सँगै बस्ने बहानामा नेपाली युवतीलाई सीमा कटाउने गरेका छन् ।”

बाँके, बर्दियालगायत यस क्षेत्रका महिला त सजिलै नाका पार गर्छन् । किनभने उनीहरुलाई नाकामा बोल्नुपर्ने सबै कुरा थाहा छ । टाढाका जिल्लाबाट घरबाट बिदाई भएर आएका, यहाँका रैथानेभन्दा फरक बोल्नेहरु नाकामा रोकेर घर फिर्ता पठाइन्छ । त्यसो त प्रविधिका कारण पनि नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्ने गरेको माइती नेपालको तथ्याङ्क छ ।

विगतमा भौतिक उपस्थितिमै ललाइफकाइ महिला बेच्ने गिरोह अहिले मोबाइल फोनबाटै महिलालाई लोभ्याएर विदेश पु¥याउने गरेको पाइन्छ । माइती नेपालका संयोजक कोइरालाले भन्नुभयो, “फेसबुक, म्यासेन्जर हुँदै इमो चलाउने ग्रामीण क्षेत्रका महिलाको सङ्ख्या उच्च देखिएको छ ।” माइती नेपालले उद्धार गरेका धैरै महिलाले इमोमार्फत सम्पर्क भएको बताउने गरेका छन् ।

प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिकासमेत कम हुँदै गएको छ । “प्रविधिकै कारण महिला सिधँै दलालको पोल्टोमा पर्ने गरेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी तथा गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन्”, बाँकेका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलले भन्नुभयो, “दलालले फोनमा देखाएको प्रलोभनले ग्रामीण सोझा, अशिक्षित महिलामात्रै नभई सचेत महिला पनि फस्ने गरेका छन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com