ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने, प्रमुख शहर हुँदै देशभर विस्तार गर्ने योजना


एबीसी न्यूज

काठमाडौँ, १२ माघ ।  विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ ।

गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको हो ।

पशुपति क्षेत्रबाट शुरु भएको कामलाई काठमाडौँ जिल्लाभर विस्तार गरी नमूनाका रुपमा देशका प्रमुख शहर हुँदै देशभर विस्तार गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

“माग्नुलाई पेशाका रुपमा स्थापित गर्नेहरुलाई निरुत्साहित गर्न कोही नभएका असहाय, जीवन जोखिममा रहेका वर्ग, घरबारविहीनको बाँच्ने अधिकार सुनिश्चित गर्न परोपकारी संस्थामा बस्ने व्यवस्था गरिन्छ, बाँकीलाई टेण्ट राखेर भए पनि सार्वजनिक स्थलमा माग्नबाट रोक्ने अभियान शुरु गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

अभियानलाई सहज बनाउन विभिन्न नगरपालिकामा खाली रहेका सामुदायिक भवनमा समेत सहयोगापेक्षी राखिने जनाइएको छ । कानूनी रुपमा सार्वजनिक स्थलमा बसेर माग्न नपाइने व्यवस्थालाई कार्यान्वयन गर्न महानगरपालिकाले मानव सेवा आश्रमलाई मासिक रु एक लाख ६७ हजार घर भाडा तिर्न सहयोग गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

महानगरपालिकासहित ११ नगरपालिकाका १३८ वडामा गठन भएका नागरिक प्रहरी साझेदारी समितिलाई समेत परिचालन गरी साँढे दुई महीना अभियान चलाएर विसं २०७६ वैशाखमा मगन्तेरहित जिल्ला घोषणा गर्न गृहकार्य शुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

मगन्तेरहित जिल्ला घोषणा गर्ने अभियानमा लागेका संस्थाले एक कार्यदल गठन गरी गृहकार्य गरिरहेका छन् । माघ १४ गते सोमबार अभियान शुरुको घोषणा गरिने मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । हाल पशुपति क्षेत्रलाई मगन्तेरहित बनाइए पनि अरु मन्दिर, स्तुप, मस्जिदलगायत धार्मिकस्थल एवं सडक किनारमा माग्नेको भीड लाग्ने गरेको छ ।

पशुपति क्षेत्रबाट हटाइएका मगन्ते अन्य धार्मिकस्थलमा पुगेको भेटिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो । सरकारी सेवा गरी सेवा निवृत्त भई पेन्सन सुविधा लिइरहेका, उपत्यकामै घर जग्गा भएका मानिसले समेत सहज पेशाका रुपमा माग्ने काम गर्दै आएको एक वर्षको अवधिमा भेटिएको उहाँले सुनाउनुभयो ।

काठमाडौँका विशेषगरी गोकर्णेश्वर महादेव मन्दिर, बौद्ध स्तुप, टुँडिखेलस्थित महाँकाल, टेबहालको सङ्कटा मन्दिर, घण्टाघरस्थित नेपाली जामे मस्जिद, वसन्तपुर दरबार क्षेत्र, स्वयम्भु चैत्य, सुन्धारा, रत्नपार्क र भृकुटीमण्डपको सडक क्षेत्रमा माग्नेको भीड लाग्ने गरेको छ । कुनै धार्मिकस्थलमा विशेष मेला तथा पर्वका अवसरमा माग्नेको बढी भीड देखिने गरेको छ ।

देशभर विभिन्न कारणले समस्यामा परेका मानिसलाई सहयोग गरी माग्न मन्दिर एवं सडक किनारमा बस्नुपर्नेका लागि व्यवस्था गर्न कोषले कार्यविधि बनाउने तयारी गरेको सदस्य सचिव डा ढकालले जानकारी दिनुभयो । “पशुपति मन्दिरको आम्दानीको निश्चित प्रतिशत यस्तो काममा दान दिने गरी कार्यविधि बनाइन्छ, पशुपतिनाथलाई अनाथको नाथ बनाउने गरी यस्तो व्यवस्था गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

माग्नुलाई पेशाका रुपमा अपनाउनेका लागि भने प्रहरीको सहयोगमा परामर्श दिई सामाजिक रुपमा पुनःस्थापना गर्ने र अटेर गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने जनाइएको छ । अभियान सफल भए पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने जनाइएको छ ।

कतिपय महिलाले आफ्ना बालबालिकालाई धार्मिकस्थल एवं सडक किनारमा माग्न लगाई जीवनयापन गर्दै आएका छन् । काम गर्न सक्ने मानिसलाई रोजगारीको व्यवस्था गरिदिएर माग्ने पेशाबाट विस्थापित गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com