
काठमाडौं,३ माघ । सरकारले पानी जहाज सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
विहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पानी जहाज सञ्चालनका लागि कार्यालयको स्थापना गर्ने निर्णय भएको जानकारी दिएका हुन ।
कार्यालयमा १६ जनाको दरबन्दी रहने पनि उनले बताएका छन । अब कागजको पानीजहाज होइन, साँच्चै पानीजहाज चलाउन कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेको उनले बताए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानीजहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा ढुक्क हुन आश्वासन दिएका थिए ।


















प्रतिक्रिया दिनुहोस्