
काठमाडौं,२६ पुस । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रिय एकता कायम राख्न जातीय तथा क्षेत्रीय समन्वय गर्नुपर्ने बताएका छन ।
यादवले आफ्नो प्राथमिकता राष्ट्रिय एकता भएको उल्लेख गर्दैै एकताका लागि जातीय तथा क्षेत्रीय समन्वय गर्नुपर्ने बताएका हुन ।
उनले मुलुकमा दखिएका केही असमझदारीलाई संविधानभित्र रहेर नै समाधान गर्नुपर्नेमा जोड दिए । पूर्वराष्ट्रपति यादवले संविधान कार्यान्वयनको क्रममा रहेकाले जनअपेक्षा पूरा हुनेमा आशावादी रहेको बताए ।
चर्को प्रसंगमा पूर्वराष्ट्रपति यादवले केही दिनअघि संचारमाध्यममा आफू चिकित्सा क्षेत्रमा फर्कन लागेको भन्ने समाचार गलत भएको प्रष्ट पारेका छन ।
उनले सरकारी अस्पतालमा जान मिल्ने भए पनि आफ्नो उमेरको कारणले जान नसक्ने बताएको भए पनि संचारमाध्यममा त्यसलाई बंगाइएको भन्दै आश्चर्य प्रकट गरे ।



















प्रतिक्रिया दिनुहोस्