ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फागुन मसान्तभित्र सबै कानून बन्छ : रक्षामन्त्री पोखरेल


admin

 

लहान, २५ पुस । उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताउनुभएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको २९औँ स्मृति सभामा उहाँले आवश्यक कानूनको अभावमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले चुनावी घोषणापत्रलाई कार्यान्वय गरी मुलुकलाई समृद्ध मुलुक बनाउने उल्लेख गर्नुभयो ।

समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने प्रतिबद्धता सरकारले पूरा गर्ने दाबी गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले कमला सुनकोशी डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनको कामलाई अगाडि बढाएर तराइको उर्वर जमीनमा सिँचाइ गरेर किसानलाई खुशहाली दिने उद्घोष गर्नुभयो ।

अङ्गीकृत नागरिकता बाँडेर नेपाली जनतालाई नै अल्पमतमा पार्ने पक्षमा आफूहरु नरहेको बताउँदै उहाँले भन्नुभयो, “अङ्गीकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ तर विदेशी बुहारीलाई भने अङ्गीकृत नागरिकता दिने निर्णय सरकारले गरिसकेका छ ।”

तराईमा अधिकांशले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सुझाब दिनुहुँदै उहाँले प्रदेश नं २ मा हिन्दी भाषालाई प्रवेश गराएर आफूहरुले नमान्ने स्पष्ट पार्नुभयो ।

सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा आवश्यक परिमार्जन गर्दै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो ।

कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउने उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अहिलेकै सरकारले नेपाललाई समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराब कामहरुको आलोचनात्मक ढङ्गले विरोध गर्नुपर्ने हुन्छ ।”

नेताहरुबीचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै प्रवक्ता श्रेष्ठले सरकार परिवर्तको कुनै सम्भावना नभएकाले प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँच वर्ष सरकार चलाउने स्पष्ट पार्नुभयो ।

राष्ट्रिय अखण्डतालाई टुक्र्याउन खोज्ने, देशलाई बिखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सह्य नहुने उहाँले बताउनुभयो ।

सभालाई नेकपाका प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल, सहइञ्चार्ज विश्वनाथ साह, प्रदेश अध्यक्ष प्रभु साह लगायतले सरकार विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको थियो । किसान आन्दोलनका नेता जयगोविन्द साहको २०४६ साल पुस २५ गते भारतको जयनगरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com