ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिफोन टावरको माग गर्दै डोल्पाका जनप्रतिनिधिहरु काठमान्डौमा


admin
पुस २५, २०७५ बुधबार  ६ : २७ बजे

डोल्पा २५ पुस । दुर्गम हिमाली जिल्ला डोल्पाबाट टेलिफोन टावरको माग गर्दै जनप्रतिनिधिहरु काठमान्डौ पुगेका छन् ।

बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुबिधा उपभोग गर्न नपाएका उपल्लो डोल्पाका जनप्रतिनिधिहरु गाँउमै मोबाइल टावर माग गर्न काठमान्डौ पुगेका हुन् ।

सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध,शे– फोक्सुण्डो,छार्काताङसोङ गाँउपालिका जनप्रतिनिधिहरु संघिय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई सँगै लिएर सिँहदरबार स्थित संञ्चार मन्त्रालय पुगेका थिए ।

गाँउ घरमा टेलिफोन सुबिधाको अभाबमा बर्षौदेखि सास्ती भोग्दै आइरहेकाले जनताकालागि टावर माग्न गाँउपालिकाका वडा अध्यक्ष सदस्य सहित डोल्पाबाट काठमान्डौ पुगेको शे–फोक्सुण्डो गाँउपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङ्गले बताए ।

“सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने उपल्लो तिर लाग्यो भने बिचबाटोमा कतैपनि टेलिफानको सुबिधा छैन्,हिँड्दा हिँडदै बाटोमै बिरामि प¥यो,केही घटना घटिहाल्या भनेपनि कुनैपनि जानकारीकालागि कुनै पनि साधन हुँदैन्” उनले भने ।“घरमा बिरामि परेको मान्छेलाई लाखौँ पैसा तिरेर हेलिकोप्टरबाट उद्धार

गरेर औषधि उपचारको लागि जिल्ला बाहिरका ठुला अस्पतालमा लैजान खोज्दापनि सम्पर्क गर्नकालागि टेलिफोन टावर नभए थुपै्र नागरिको ज्यान गइसकेको तितो यर्थात अझै कायम रहेको छ ।”

“टेलिफोनकै असुबिधा कारण उपल्लो डोल्पाका कतिपय गाँउका स्थानीयबासीहरु चार–पाँच दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ,यस्ता समस्याबाट छुटकरा पाउन राज्यलाई टेलिफोन टावरको माग गर्न महंगो हवाइ भाडा तिरेर काठमान्डौ आइपुगेका हौ” उनले भने , मोबाईल टावर माग गर्नकै लागि उपल्लो डोल्पाका बिभिन्न स्थानीय तह बाट शे–फोक्सुन्डौ गाँउपालिका अध्यक्ष टसि टुण्डुप गुरुङ् ,जिल्ला समन्वय प्रमुख शेर बहादुर बुढा,लगाएत १६ जनाको टोली काठमान्डौ आइपुगेको हो ।

प्राकृतिक स्रोत साधनको हिसाबमा भरिपुर्ण उपल्लो डोल्पामा टावरको समस्याले त्यहा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत ठुलो सास्ती हुनेगरेको छ ।

“पदयात्रा,अबलोकन,भ्रमणका लागि सदरमुकाम दुनैबाट उपल्लो डोल्पा छिरेपछि पुनः सदरमुकाम नर्फकुञ्जेल घर,परिवारसँग सम्पर्क हुँदैन्,यहीँ कारणले पनि पर्यटक आगमनमा सोचे जत्तिको उपलब्धि हाँसिल गर्न सकिएको छैन्”शे–फोक्सुण्डो ४ का वडा अध्यक्ष पेम्मा वाङ्छेन गुरुङ्गले भने ,उपल्लो डोल्पा र तल्लो डोल्पाका ६ वटा स्थानीय तह का१२ वटा स्थानमा मोबाइल टावर राखिदिन भन्दै संञ्चार मन्त्रीसँग माग गरेको पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार डोल्पो बुद्ध गाँउपालिका वडा नं ६ सिमेनको पञ्जाक लेक,सोही गाँउपालिका २ कलाङ लेक,शे–फोक्सुण्डो गाँउपालिका वडा नं १ साल्दाङ्गका ज्यांङग्याल लेक,सोही गाँउपालिका वडा नं ५ तालाका लेक,वडा नं ७ मा पर्ने किनुक लेक,सोही गाँउपालिकामै पर्ने पुग्मो लेक,छार्काताङ गाँउपालिका १ मा पर्ने छार्काको तारच्याक लेक,सोही गाँउपालिकामा पर्ने दाड गाँउमा पर्ने पडका लेक,डोल्पो बुद्ध गाँउपालिमा ४,५,६ मा पर्ने पाङरो लेक,काइके गाँउपालिका १ मा पर्ने तचनपल्टी लेकमा,ठुलीभेरी नगरपालिका को रहमा टेलिफोन टावरको माग गरिएको छ भने मुड्केचुला गाँउपालिका वडा नं ४ अदलेकमा राखिएको टावरको क्षमता अभिबृद्धिको लागि संञ्चार मन्त्रीसँग माग गरिएको छ ”।

मोबाइल टावर राख्ने कुरामात्रै नभइ डोल्पामा सडक,शिक्षा,स्वास्थ,पर्यटन क्षेत्रको बिकास निर्माणकालागि लागि परेको राज्यमन्त्री बुढाले बताए ।
उपल्लो डोल्पाका नागरिकहरु संञ्चार असुबिधाको सवालमा पिडित हुँदै आएकाले राज्यमन्त्री सहितको उपस्थितिमा राखिएको मागलाई बिशेष संबोधन गर्ने र आगामि ज्येष्ठ महिना सम्ममा टावरहरु निर्माणगरि संञ्चालनमा ल्याउने संघिय सरकारका संञ्चार मन्त्री गोकुल बास्कोटाले प्रतिबद्धता ब्यक्त गरे ।

टेलिफोन टावर माग गर्न उपल्लो डोल्पाबाट काठमान्डौ पुगेका हितको जनप्रतिनिनिधिसँग कुरा गर्दै मन्त्री बास्कोटाले डोल्पाका सबै स्थानीय तहमा मन्त्रालयले निशुल्क मोबाइल एप्स बनाइ दिने,उपल्लो डोल्पाका गाँउपालिकालाई ल्याप्टप,फोटोकपी मेशिन लगायतका उपकरणहरु प्रदानगर्ने बताए ।

त्यस्तै दुर्गम जिल्ला डोल्पाका बिद्यार्थीहरुलाई बिज्ञान प्रबिधिमा अग्रसर गराउनकालागि छ वटा माध्यामिक बिद्यालयमा कम्प्युटर ल्याबको ब्यबस्था गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

तालुक मन्त्रालयका मन्त्रीबाटै आगामि जेठ सम्ममा मोबाइल टावर निर्माण  हुने प्रतिबद्धता पाइएकाले आफुहरु खुशी भएको काइके गाँउपालिका स्थानीय ओम मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको वाचापत्र: मुख्य ९ प्रतिबद्धता

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com