
काठमाडौं२५ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले संसदीय समितिको बहुमतबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएको छ ।
वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिको खिल्ली उडाउँदै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले पारित गरेको विधेयकलाई संसदबाट सच्याउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नु भएको हो ।
सत्तारुढ नेकपाले संसदमा भएको शक्तिको दुरुपयोग गरेर नागरिकको ठूलो संघर्षपछि वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमति विपरित सो विधेयक संसदीय समितिको बहुमतको बलमा जब्बरजस्ती पारित गर्नु दुर्भाग्यपूर्ण भएको काँग्रेस नेता थापाको प्रतिक्रिया छ ।
बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता थापाले सो विधेयक रोक्न र सच्याउनका लागि आफूहरु संसदको फूल हाउसमा लडाई जारी राख्ने चेतावनी पनि दिनु भयो ।
‘त्यहीँ सरकार, जस्ले वरिष्ठ चिकित्सक केसीसँग सम्झौता ग¥यो, सम्झौताको पाठ संसदमा पढ्यो, नेता थापाले थप्नु भयो, अहिले आएर हाँसी–हाँसी त्यसको खिल्ली उडायो ।’
नेता थापाले सत्तारुढ दलका केही व्यापारिक मानिसहरुको स्वार्थमा परेर सरकारले सो विधेयक समितिको बहुमतले पारित गराएको आरोप पनि लगाउनु भयो ।
उहाँले बहुमतको बलमा पारित गर्ने भए सो विधेयक गोविन्द केसीसँग भएको सम्झौता अनुसार नै पारित गर्ने भनि सम्झौंता किन गरेको (?) भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।
बुधबार बिहान संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो विधेयक बहुमतले पारित गरेको थियो । सो विधेयकमा नेता थापासहितका काँग्रेसका ४ जना सांसदहरुले असहमति जनाएका थिए ।



















प्रतिक्रिया दिनुहोस्