ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा दायर


admin
पुस २३, २०७५ सोमबार  ६ : ४७ बजे

काठमाडौं,२३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

निगमको पूर्वकार्यकारी निर्देशक खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी परेपछि उहाँको सार्वजनिक सेवा प्रवेश गरेपश्चात्को समग्र आय र व्ययको विश्लेषण गरेको थियो ।

आयोगका अनुसार २०६९ साल चैत २ गतेदेखि अनुसन्धान अवधिसम्ममा खड्काले पारिश्रमिकबाट जम्मा रु ४० लाख ५७ हजार १५५ आम्दानी गर्नुभएको थियो । यस्तै ४७ जग्गा बिक्रीबाट रु ५८ लाख ७५ हजार, ऋण सापटीबाट जम्मा रु पाँच करोड ३३ लाख ३६ हजार र घर भाडाबाट रु १३ लाख ५६ हजार आम्दानी भएको देखिन्छ ।

यस्तै नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु २९ लाख २२ हजार ६९८, पेन्सनबाट रु १४ लाख ७८ हजार ४८२, विप्रेषण आयबाट रु आठ लाख २६ हजार ९१३, सवारी बिक्रीबाट रु ३५ लाख, छोराबुहारीको पारिश्रमिकबाट रु ११ लाख चार हजार तीन गरी कूल रु सात करोड ४४ लाख ५६ हजार २५२ मात्रै रहेको छ ।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्ममा देखिएको विभिन्न शीर्षकको आय रु एक करोड २० लाख १३ हजार ४९९ समेत गरी रु आठ करोड ६४ लाख ६९ हजार ७५१ आयआर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार अनुसन्धान अवधिसम्ममा खड्काले पुख्र्यौली घरबाहेक नै तीन वटा घर निर्माण तथा खरीद गरेको दुई वटा घर खरीदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको पाइएको छ ।

यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरीद गरेको देखिएको छ ।

घरजग्गा खरीदमा रु ११ करोड ६१ लाख ४३ हजार २०६, विभिन्न कम्पनीको शेयर खरीदमा रु एक करोड छ लाख चार हजार, ऋणको साँवा ब्याज भुक्तानीमा रु चार करोड २२ लाख ९६ हजार २३९, व्यक्तिगत रूपमा दिएको सापटी रु एक करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु एक करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु २५ लाख १४ हजार ६९५ रहेको छ ।

यस्तै गाडी खरीदमा रु एक करोड १७ लाख ४२ हजार, विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटमा खर्च गरिएको समेतका रकम रु एक करोड ८० लाख १६ हजार ४४६ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु दुई करोड ७१ लाख ५३ हजार ४२१ समेत गरी जम्मा रु २५ करोड पाँच लाख नौ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्म विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु दुई करोड दुई लाख ७० हजार ३७१ समेत गरी रु २७ करोड ३० लाख ७५ हजार ३८० खर्च तथा लगानी गरेको देखिएको छ ।

उक्त लगानीमा खड्काको स्रोत खुलेको आय रु आठ करोड ६४ लाख ६९ हजार ७५१ घटाउँदा देखिन आउने रु १८ करोड ६६ लाख पाँच हजार ६२९ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको आयोगको ठहर छ ।

आयोगले स्रोत नखुलेको उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ ।

आयोगले स्रोत नखुलेको रकम नै बिगो कायम गरी हदैसम्मको कारवाहीको माग गरेको छ । आयोगले अमिता लामा सोदेम्बाको नाममा रु सात करोड ५४ लाख ५७ हजार ८७५ सम्पत्ति लुकाइराखेको दाबी गरेको छ ।

काठमाडौँको साबिक महाङ्काल–४ स्थित कित्ता नं १९१ मा सिज डेभलपर्सले निर्माण गरेको सिजी हिल्स हात्तीगौँडामा रु तीन करोड २५ लाखमा खरीद गरेको घर लुकाएको आयोगको दाबी छ ।

यस्तै साबिक बिष्णु बूढानीलकण्ठ–३ कित्ता नं ६८९, १४८२ र १५२० को मूल्य रु ४० लाख ११ हजार ८७५ खरीद गरेको आठ आना जग्गा र रु ८४ लाख ४६ हजारमा खरीद गरेको बा१६च ८४८४ नंको टक्सन गाडी । काठमाडौँको साबिक महाङ्काल–४ स्थित कित्ता नं ३५० मा रहेको सिजी डेभलपर्सले निर्माण गरेको घर नं २२ खरीद गर्नका लागि भुक्तानी गरेको रु तीन करोड पाँच लाख र अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको आयोगले जनाएको छ ।

आयोगले काठमाडौँको साबिक विष्णु बूढानीलकण्ठ गाविस–७ मा रोडशो रियलस्टेटले निर्माण गरेको घर खरीद गर्न भनी बैनास्वरूप पठाएको रु ८९ लाख ८९ हजार रकम बराबरको चेक जफत गरेको छ । सो चेक आयोगले अदालतमा दशीका रुपमा पेश गरेको प्रवक्ता दङ्गालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालेनको वाचापत्र: मुख्य ९ प्रतिबद्धता

जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आयोगको आग्रह

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु, , २८ जना घाइतेको पहिचान खुल्यो

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

धादिङमा बस दुर्घटना : घाइते २८ जनाको सनाखत (सूची)

Balen deploys one ‘strategic card’ after another to defeat Oli

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com