ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेख हसिनाले आज प्रधानमन्त्रीमा शपथ लिँदै


admin
पुस २३, २०७५ सोमबार  ३ : ५० बजे

एजेन्सी,२२ पुस ।  बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो ।

उहाँ लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लाग्नुभएको हो । आज मन्त्रीहरुको पनि नियुक्ति हुने र ४७ जनाको मन्त्रिपरिषद बन्ने जनाइएको छ । ती मन्त्रीहरुमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरु हुने पनि प्राप्त समाचारमा जनाइएको छ ।

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई सपथ दिलाउनुहुने जनाइएको छ ।

राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गर्नुभएको छ ।

प्रधानमन्त्रीका रूपमा शेख हसिनाको यो लगातार तेस्रो कार्यकाल हुनेछ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनमा अवामी लिग र यस आवद्ध पार्टीहरु सहित २८८ सिटमा विजय हुन सफल भएका थिए ।

हाल बङ्गलादेशको संसदमा २९९ सिट रहेको छ । हसिनाको यो चौथो प्रधानमन्त्रीको कार्यकाल हो । यसअघि ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्रीमा रहनु भएको र त्यसअघि उहाँ सन् १९९६ देखि २००१ सम्म पनि बङ्गलादेशको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

बङ्गलादेशको नयाँ संसद्को अधिवेशन भने जनवरी २८ देखि शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com