ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन महोत्सवमा कमिशनको खेल, अन्यौलमा बाल उद्यान


एबीसी न्यूज
पुस २३, २०७५ सोमबार   १० : ०५   बजे

 


चितवन २३ पुस । उद्योग बाणिज्य संघ चितवन र भरतपुर महानगरपालिकाद्धारा निर्माण गरिएको चितवन महोत्सवको फर्न पार्क नाम दिईएको बाल उद्यान कमिशनको खेल सुरु भएको छ । यहि २५ देखि ५ गते सम्म हुने महोत्सवमा बालउद्यानमा कमिशनको खेल सुरु भएको आरोप लागेको हो ।

महोत्सव परिसरमा राखेको बाल उद्यान सञ्चालनमा नीतिगत प्रक्रियामै खराबी रहेको र कमिशनको खेलभएको भन्दै निर्वतमान अध्यक्षसहित उद्योगी ब्यवसायीहरुले बिरोध जनाएका छन् ।

सम्झौता बिनानै काम सुरु भईरहेको र टेण्डर आव्हान गर्दा न्यूनतम रकम उल्लेख नगरि ब्यवसायीले आफुखुसी रकम उल्लेख गर्न पाउने गरि टेण्डर आवहान भएको र त्यो पनि टेण्डर पाएको कम्पनीले नभइ अर्कै कम्पनीले सम्झौता बिनै त्यहाँ उद्यान निमार्णको काम गरिरहेको उद्योग बाणिज्य संघ चितवनका निर्वतमान अध्यक्ष राजन गौतमले जानकारी दिए ।

सम्झौता नै नभइ, टिकट, वीमाका कुरा देखि अन्य कुनै पनि प्रक्रियागत गर्नु पर्ने काम नै नगरी सीधै बिगतमा काम गर्दै आएको भारतीय नागरिक अर्जुन चौधरीलाई पुनः दिईनु र त्यसका लागि आवश्यक प्रक्रिया आजका मिति सम्म पनि नहुनु आफैमा दुखद र कमिसनको खेल भएको आफुले गौतमले बताए ।

नारायणी नदीमा जल बिहारका लागि टेण्डर गर्दा न्यूनतम रकम उल्लेख गरिनु तर फर्न पार्क नाम दिईएको बाल उद्यान जस्तो करोडौ रकम आउने ठाउँको टेण्डर गर्दा न्यूनतम रकम नराखिनु नीतिगत तवरबाटै उनै चौधरीलाई टेण्डर दिने र कमिसन खाने डिजाइनले बोलपत्र आव्हान भएको ब्यवसायीहरुले दाबी गरेका छन् । फर्न पार्क सञ्चालनको लागि आफुहरुले कानुन सम्मत निर्णय गरेको र बुटवलबाट चितवन सामान ल्याउदा ढिला भएकाले सम्झौता भने गर्न नसकिएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहन लाल प्रधानको प्रष्टोक्ति छ ।

आयोजक रहेको भरतपुर महानगरले भने न्यूनतम रकम उल्लेख नै नगरी टेण्डर आव्हान गर्न नमिल्ने र उद्योग बाणिज्य संघ चितवनको टिमलाई बोलाएर छलफल गर्ने बताएको छ । त्यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बोलपत्र आव्हान गर्दा न्यूनतम रकम उल्लेख हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group