ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब


admin

एजेन्सी,१९ पुस । अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ । क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसक्नु भएको छ ।

अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लीकन पार्टीले बहुमत गुमाएको थियो ।

विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लीकन पार्टीको बहुमत थियो । तर, बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य हुँदैछ । राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरु अहिले उत्साहित भएका छन् ।

अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको ठम्याइ छ । तर, अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ ।

संसदका संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरुले राष्ट्रपतिका सम्बन्धमा अरु धेरैवटा अनुसन्धान शुरु गरिने बताउनुभएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ ।

डेमोक्र्याट सांसद हकीम जेफ्रिजले भन्नुभयो, “भोलि, हामी बहुमतमा हुनेछौं । त्यसपछि, हामी लापरबाह ट्रम्प विरुद्धका विधेयकहरु पारित गर्नेछौं । अर्को, हामी स्वास्थ्यसेवाको लागत घटाउन सङ्घर्ष गर्नेछौं र प्रगतिशील एजेन्डालाई अगाडि बढाउनेछौं ।”

तल्लो सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेपनि माथिल्लो सदन सिनेटमा रिपब्लीकनले झिनो बहुमत प्राप्त गरेका छन् । एकसय सदस्यीय सिनेटमा रिपब्लीकनको ५७ र डेमोक्र्याटको ४३ स्थान छ । बजेट समेतका महत्वपूर्ण विधेयकहरु पारित गर्न सिनेटभित्र रिपब्लीकनलाई ६० स्थान आवश्यक पर्दछ ।

संसदको पहिलो दायित्व नै दुई सातादेखि जारी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दलाई खुलाउनु हुनेछ । बजेट अभावमा झण्डै एक तिहाई सङ्घीय कार्यालयहरु या त बन्द भएका छन् या आंशिक खुलेका छन् ।

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन ५ अर्ब ६० करोड डलरको बजेट पारित नभए बजेटमा हस्ताक्षर नगर्ने अडान राख्दै आउनुभएको छ । तर, डेमोक्र्याटहरु पनि उक्त बजेट पारित नगर्ने अडानमा यथावत छन् ।

पेलोसीले सङ्घीय कार्यालयहरुका लागि बजेट उपलब्ध गराउने नयाँ उपाय सुझाउनुभएको छ, तर राष्ट्रपति ट्रम्पले त्यसमा खासै रुची दिनुभएको छैन । पेलोसीले पर्खालका लागि छुट्याइएको बाहेकको बजेट पारित गर्न सकिने स्पष्ट गर्नुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका वरिष्ट नेताहरुसँग बुधबार बजेटका बारेमा छलफल गर्नुभयो, तर दुबै पक्ष आआफ्ना अडानमा कायम रहेका कारण कुनै नयाँ सम्झौता हुन सकेन ।

छलफलमा राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित हुनैपर्ने अडान दोहोर्याउनु भएको थियो । उहाँले सीमा सुरक्षा गम्भीर विषय भएकाले त्यससँग कुनै सम्झौता गर्न नसकिने भन्दै बजेटको विषयले सङ्घीय कार्यालयहरु खुल्न ढिला हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयहरु खोल्न डेमोक्र्याटहरुले सहयोग गर्नुपर्छ । यो मेरो निजी कुरामात्र होइन ।”

छलफलमा सहभागी सिनेट डेमोक्र्याट चक सुमरले आफूले राष्ट्रपतिलाई सङ्घीय कार्यालयहरु खोल्ने वातावरण बनाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले राष्ट्रपतिलाई भने– राष्ट्रपति महोदय, कार्यालयहरु बन्द गर्नुपर्ने कुनै एउटा प्रष्ट कारण दिनुहोस् । तर राष्ट्रपतिले चित्तबुझ्दो जवाफ दिनु भएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com