ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब


admin
पुस १९, २०७५ बिहीबार  ५ : ०३ बजे

एजेन्सी,१९ पुस । अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ । क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसक्नु भएको छ ।

अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लीकन पार्टीले बहुमत गुमाएको थियो ।

विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लीकन पार्टीको बहुमत थियो । तर, बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य हुँदैछ । राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरु अहिले उत्साहित भएका छन् ।

अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको ठम्याइ छ । तर, अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ ।

संसदका संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरुले राष्ट्रपतिका सम्बन्धमा अरु धेरैवटा अनुसन्धान शुरु गरिने बताउनुभएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ ।

डेमोक्र्याट सांसद हकीम जेफ्रिजले भन्नुभयो, “भोलि, हामी बहुमतमा हुनेछौं । त्यसपछि, हामी लापरबाह ट्रम्प विरुद्धका विधेयकहरु पारित गर्नेछौं । अर्को, हामी स्वास्थ्यसेवाको लागत घटाउन सङ्घर्ष गर्नेछौं र प्रगतिशील एजेन्डालाई अगाडि बढाउनेछौं ।”

तल्लो सदनमा डेमोक्र्याटहरुले बहुमत हासिल गरेपनि माथिल्लो सदन सिनेटमा रिपब्लीकनले झिनो बहुमत प्राप्त गरेका छन् । एकसय सदस्यीय सिनेटमा रिपब्लीकनको ५७ र डेमोक्र्याटको ४३ स्थान छ । बजेट समेतका महत्वपूर्ण विधेयकहरु पारित गर्न सिनेटभित्र रिपब्लीकनलाई ६० स्थान आवश्यक पर्दछ ।

संसदको पहिलो दायित्व नै दुई सातादेखि जारी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दलाई खुलाउनु हुनेछ । बजेट अभावमा झण्डै एक तिहाई सङ्घीय कार्यालयहरु या त बन्द भएका छन् या आंशिक खुलेका छन् ।

ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउन ५ अर्ब ६० करोड डलरको बजेट पारित नभए बजेटमा हस्ताक्षर नगर्ने अडान राख्दै आउनुभएको छ । तर, डेमोक्र्याटहरु पनि उक्त बजेट पारित नगर्ने अडानमा यथावत छन् ।

पेलोसीले सङ्घीय कार्यालयहरुका लागि बजेट उपलब्ध गराउने नयाँ उपाय सुझाउनुभएको छ, तर राष्ट्रपति ट्रम्पले त्यसमा खासै रुची दिनुभएको छैन । पेलोसीले पर्खालका लागि छुट्याइएको बाहेकको बजेट पारित गर्न सकिने स्पष्ट गर्नुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीका वरिष्ट नेताहरुसँग बुधबार बजेटका बारेमा छलफल गर्नुभयो, तर दुबै पक्ष आआफ्ना अडानमा कायम रहेका कारण कुनै नयाँ सम्झौता हुन सकेन ।

छलफलमा राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित हुनैपर्ने अडान दोहोर्याउनु भएको थियो । उहाँले सीमा सुरक्षा गम्भीर विषय भएकाले त्यससँग कुनै सम्झौता गर्न नसकिने भन्दै बजेटको विषयले सङ्घीय कार्यालयहरु खुल्न ढिला हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयहरु खोल्न डेमोक्र्याटहरुले सहयोग गर्नुपर्छ । यो मेरो निजी कुरामात्र होइन ।”

छलफलमा सहभागी सिनेट डेमोक्र्याट चक सुमरले आफूले राष्ट्रपतिलाई सङ्घीय कार्यालयहरु खोल्ने वातावरण बनाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले राष्ट्रपतिलाई भने– राष्ट्रपति महोदय, कार्यालयहरु बन्द गर्नुपर्ने कुनै एउटा प्रष्ट कारण दिनुहोस् । तर राष्ट्रपतिले चित्तबुझ्दो जवाफ दिनु भएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए

चीनले आफ्नो २+२ कूटनीति मध्य एशियासम्म विस्तार गर्ने सम्भावना

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com