ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्दिरमा महिला प्रवेश गर्न लाग्दा झडप


admin

एजेन्सी,१९ पुस । भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ । परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो ।

अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ ।

झडपलाई रोक्नका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने झडपका क्रममा दुवैतर्फका केही घाइते भएका छन् ।

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलाहरूलाई पनि प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा फैसला गरेको थियो ।

सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा गलत भएको अदालतको ठम्याई थियो ।

रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको छ । सो प्रचलनबाट लैङ्गिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गरेको हो ।

फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ’प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ’धर्मको अनुशरण गर्ने अधिकार महिला पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गर्नुभएको थियो ।

तर मिश्रको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासमा रहेकी एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाउनुभएको थियो । उहाँको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको हो ।

गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्नसक्ने मलहोत्राकोे भनाइ छ ।

सबरीमाला भगवान अयप्पाको मन्दिर हो र उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनु हुँदैन भन्ने मान्यता रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com