ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार


admin
पुस १७, २०७५ मंगलबार   १२ : १२   बजे

एजेन्सी,१७ पुस ।  बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गर्नु भएको हो ।

बर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी नै विजयी भएको नतिजा सार्वजनिक भएपछि सोमबार विपक्षी दलका नेताहरुले परिणाम अस्विकार गर्दै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

आइतबार भएको निर्वाचनमा व्यापक अनियमितता, धाँधली र एकपक्षीय नियन्त्रण भएको विपक्षीको आरोप छ । चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो ।

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ ।

तर प्रमुख निर्वाचन आयुक्त हुडाले भने निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ र स्वतन्त्र रुपमा सम्पन्न भएको दावी गर्नुभएको छ । आयोगका प्रवक्ता एस.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको जानकारी पनि दिनुभयो ।

“हामीले फेरी अर्को निर्वाचन गराउन गइरहेका छैनौ, फेरी अर्को निर्वाचन तत्काल गराउनु पर्ने कुनै कारण छैन,” उहाँले पत्रकारहरुसँग भन्नुभयो ।

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसद्मा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्षसमेत रहनुभएकी हसिना चौथो पटक प्रधानमन्त्री बन्नुहुनेछ । प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिनु भएको छ ।
–

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group