
कैलाली, १५ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी स्कुल धनगढी कैलालीको आइतबार निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक खनालले स्कुलमा कार्यरत शिक्षक एवम् प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै अभिभावक तथा विद्यार्थीहरुसँग सदैव राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थीको आगाडि के गर्न हुन्छ, के गर्न हुन्न भन्ने ख्याल राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्कुलका कर्मचारीहरु अझै अनुशासित भएर विद्यार्थीहरुको रेखदेख गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भोलीका कर्णधार विद्यार्थीहरुलाई कसरी उत्कृष्ट बनाउनेतर्फ सबैले चिन्तन गर्नुपर्छ भन्नुभयो ।
विद्यालयको भौतिक सुधार तथा आवश्यक सेवा सुविधा थप गर्नेतर्फ आफू सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । सो क्रममा प्रहरी महानिरीक्षक खनालले स्कुल भवन, कक्षाकोठा लगायत स्कुल परिसरको निरीक्षण अवलोकन गर्नुभएको थियो ।



















प्रतिक्रिया दिनुहोस्