ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु


admin

एजेन्सी,११ पुस । संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो ।

यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु भएको थियो ।

सीमा सुरक्षा निकायले सोमबार बालक बिरामी भएको थाहा हुनासाथ न्यू मेक्सिको मेडिकल सेन्टरमा उपचारका लागि पठाइएको जनाएको छ । मेक्सिकोबाट अमेरिका प्रवेश गरेका बालक सँगै उनका बाबुलाई प्रहरीले पक्राउ गरेको थियो ।

शुरुमा बच्चालाई चिसो लागेको अनुमान गरिएको थियो, तर पछि जाँच गर्दा ज्वरो आएको पत्ता लागेको थियो । अस्पतालमा बच्चालाई ज्वरो हुँदा खुवाइने इबुप्रोफेन र एमोक्सिसिलिन दिइएको थियो । तर ज्वरो घटेन । बच्चाले पुनः वान्ता गर्नुका साथै रिङ्गटा लागेको अनुभव गरेका थिए । मध्यरातमा ती बालकको मृत्यु भएको थियो ।

ग्वाटेमाला सरकारले बालकको मृत्युका बारेमा विस्तृत अध्ययन गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ । बच्चाको मृत्यु भएपश्चात् सामाजिक सञ्जालमा अमेरिकी अधिकारीहरुको चर्को आलोचना भएको छ ।

“अमेरिकी प्रशासनको अघिल्तिर अर्को एक बच्चाको प्राण गएको छ,” टेक्सासबाट डेमोक्राटिक कङ्ग्रेस सदस्य मार्क भेसीले ट्वीट गर्नुभएको छ । “क्रिसमसका दिन यस्तो हृदयविदारक समाचार सुन्नुप¥यो ।”

“यो समाचारले दुःखी र विचलित बनाएको छ,” न्यू मेक्सिकोका सिनेटर मार्टिन हेनरिकले ट्वीटमा भन्नुभएको छ । “यो घटनाका बारेमा विस्तारपूर्वक तत्कालै जानकारी दिइनु पर्दछ, र ट्रम्प प्रशासनलाई बच्चाको मृत्युप्रति जवाफदेही बनाउनै पर्दछ ।”

यी बालकको मृत्यु त्यस्तो दिन भएको छ जुन दिन यसै महिनाको शुरुमा अमेरिकी थुनामा मृत्यु भएकी ग्वाटेमालाकी बालिका जेकेलिन कालको दाहसंस्कार गरिएको छ ।

ती बालिकाको शव आइतबार ग्वाटेमाला ल्याइएको थियो । लामो यात्रापछि बालिकाको शव दुर्गम गाउँमा पु¥याइएको थियो । उनको गाउँमा विद्युत र अरु आधारभूत सुविधा केही उपलब्ध छैनन् ।

“ती बालिका पनि अमेरिकामा सुनौलो सपना साँचेर बाबुआमासँगै अमेरिकातर्फ हिँडेकी थिइन्, तर उनको सपना बाटोमै टुङ्गियो,” स्थानीय गाउँबासी अल्बर्टो पोपले बताउनुभयो । “तपाइँले सुन्नुभएको होला संयुक्तराज्य अमेरिकामा राम्रै कमाइ हुन्छ, र ग्वाटेमालाका कम्पनीमा जस्तो अमेरिकामा अवश्य हुँदैन ।

त्यही कारण मानिसहरु अमेरिका जान चाहन्छन्,” पोपले भन्नुभयो । अमेरिकी सपनाको खोजीमा उहाँका २२ वर्षीय छोरा जोकिन नोभेम्बरमा अमेरिकातर्फ लागेका थिए । उहाँले भन्नुभयो, “मेरो छोरो म¥यो कि बाँच्यो मलाई थाहै छैन ।”

“दुर्भाग्यवस, आप्रवासीमाथि अमेरिकी सरकारले गरेको यस्तो दुव्र्यवहारको मुख्य कारण नै हाम्रो देशमा आर्थिक स्रोतसाधनको चरम अभाव हो,” जेकेलिनको दाहसंस्कारमा उपस्थित मारियो कालले भन्नुभयो ।
जेकेलिन कालको डिसेम्बर ८ मा भएको मृत्युले अमेरिकी समाजमा ठूलो बहस सिर्जना गरेको थियो । खासगरी अमेरिकी आप्रवासी नीति र आप्रवासीमाथि अमेरिकी सरकारले गरेको व्यवहारलाई लिएर अमेरिकी राष्ट्रपतिको चर्को आलोचना भइरहेको छ ।

ग्वाटेमाला, होन्डुरस, मेक्सिको समेतका मध्य अमेरिकी देशहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेशका लागि हाल संयुक्तराज्य अमेरिका र मेक्सिको सीमामा धर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com