ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पद सम्हालेको १० दिनमै मेक्सिकन राजनीतिका शक्तिशाली दम्पत्तिको हेलिकप्टर दुर्घटनामा मृत्यु


एबीसी न्यूज

काठमाडौं, १० पुस । सोमबार मेक्सिकोको प्युब्ला प्रान्तकी गभर्नर मार्था एरिका आलोन्सोले पद सम्हालेको १० दिनमात्र भएको थियो। यो प्रान्तकी पहिलो महिला गभर्नर उनले डिसेम्बर १४ मा सपथ लिएकी थिइन्।

उनी गभर्नर बन्नुभन्दा पहिले त्यहाँ उनका पति राफेल मोरेनो भाइल गभर्नर थिए। यसपालि उनी संघीय सांसद निर्वाचित भएका थिए।

मेक्सिको राजनीतिमा यो जोडी शक्तिशाली दम्पत्तिका रूपमा चर्चित थियो। तर अब उनीहरू मेक्सिकोको राजनीतिमा हुने छैनन्। सोमबार भएको हेलिकप्टर दुर्घटनामा परी उनीहरूको निधन भएको छ।

मेक्सिकन समाचारपत्र रिफोर्माका अनुसार उनीहरू चढेको हेलिकप्टर प्युब्लाको हेलिप्याडबाट सान पेड्रो ट्लाल्टेनांगोतिर गएको थियो।

प्युब्ला सरकारले विज्ञप्ति जारी गर्दै दुर्घटनामा मार्था दम्पत्तिसहित कम्तिमा पाँच जनाको ज्यान गएको जनाएको छ।

मृत्यु हुने अन्यमा दुई जना पाइलट र एकजना भाइलका सहयोगी छ।  विज्ञप्तिमा कोरोनांगो नगरमा भएको हेलिकप्टर दुर्घटना भयावह भएको बताइएको छ।

मार्थाका पति राफेललाई कुनै बेला मध्यमार्गी दल नेशनल एक्सन पार्टीको उदाउँदो नेताको रूपमा हेरिएको थियो। उनले सन् २०११ देखि २०१७ सम्म प्यूब्लाको गभर्नर चलाएका थिए। एक समयमा उनलाई भावी राष्ट्रपतिको सम्भावित उम्मेद्वार भनिएको थियो।

गत जुलाईमा भएको चुनावबाट मेक्सिको संस्थापनलाई हराएर राष्ट्रपति चुनिएका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मार्था र उनका पतिको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले दुर्घटना कसरी भयो भन्नेबारे जाँचबुझ गर्न अधिकारीहरूलाई निर्देशन पनि दिएका छन्।

‘दुर्घटनाको अनुसन्धान गरी के भएको ह सत्यतथ्यबाहिर म प्रतिवद्ध छु,’ राष्ट्रपति ओब्राडोरले मार्था परिवारलाई लेखेको समवेदनामा भनेका छन्।

सन् २०१० मा प्युब्लाको गभर्नर जितेपछि राफेल शक्तिशाली नेताका रूपमा उदाएका हुन्।  उनको महत्वकांक्षा बढेसँगै प्रान्त र आफ्नै पार्टीका नेतालाई नियन्त्रणमा राख्न थालेको भन्दै आलोचना भएको थियो।

पछि उनीमाथि राजनीतिक प्रक्रियालाई बेवास्ता गरेको आरोप लागेको थियो।  उनकी पत्नी मार्थाले गभर्नरको जितेको चुनावबारे राष्ट्रपति ओब्राडोरको पार्टीले विरोध गरेको थियो। पत्नी मार्थालाई जिताउन भाइलले चुनावी प्रक्रियामा प्रभाव पारेको उसको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com