ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई वर्ष बितिसक्दा पनि जडान भएन पेट्रोलको ट्यांकरमा ताला


admin
आश्विन ४, २०७४ बुधबार   १२ : ४८   बजे

काठमाण्डौं ४, असोज । पेट्रोलियम ढुवानी गर्दा हुने चुहावट रोक्नको लागि सरकारले ‘सेक्युरिटी लकिङ सिस्टम’ जडान गर्ने अवधारणा ल्याए पनि अहिले सम्म लागु हुन सकेको छैन । सरकारले उक्त निर्णय दुइ वर्ष पहिले नै कार्यान्वयनमा ल्याएको थियो ।

दुवै पक्षबाट ढिलाइ हुदाँ उक्त प्रविधि कार्यान्वयनमा आउन नसकेको हो । भारतले पनि आफ्ना ट्यांकरमा ताल्चा लगाइरहेका कारण ढिलाइ भएको निगमको दाबी छ । कात्तिक ०७३ मै निगमले दुई महिनाभित्र सबै ट्यांकरमा लकिङ प्रणाली जडान गर्न निर्देशन दिएको थियो ।

उक्त प्रविधिको चाबी भारतबाट तेल लोड गर्ने डिपो र ट्यांकरले तेल खन्याउने आयल निगमको डिपोसँग मात्र हुनेछ । बीच बाटोमा इन्धन खन्याउन मिल्ने छैन । त्यसकारण चुहावट वा चोरी हुने सम्भावना रहँदैन ।

भारतबाट इन्धन लोड गरेर ढुवानी भएको तेल कर्मचारीहरूको मिलेमतोमा बीच बाटोमा ट्यांकरबाटै हराउने समस्या छ ।

तेल लोड गर्दा र खन्याउदाबीचको अवधिमा ढुवानीका क्रममा तापक्रमका कारण पर्न सक्ने फरक परिमाणको हकमा निगमले दिने क्षतिपूर्तिमा टेकेर ट्यांकर कर्मचारीले अनियमितता गरेका घटना छन् । अहिलेको लकिङ प्रणालीमा ताल्चा तोडेर सजिलै तेल चोर्न सकिन्छ ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले आगामी मंसिरभित्रमा सबै ट्यांकरमा लकिङ राख्नुपर्ने माग रहेको बताए । फिटिङ गर्ने दक्ष जनशक्तिका अभावका कारण पनि लकिङ जडानमा ढिलाइ भएको उनको भनाइ छ । बोहराका अनुसार एउटा ट्यांकरमा लकिङ प्रणाली जडान गर्न करिब एक लाख रुपैयाँ लाग्छ । अब आउने नयाँ ट्यांकरमा भने पहिले नै लकिङ प्रणाली जडान हुने निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group