ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियार दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने : मन्त्री बास्कोटा


admin
पुस ५, २०७५ बिहीबार  ६ : १७ बजे

काठमाडौं,५ पुस । सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अख्तियारीको दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधि तथा सञ्चारमन्त्री बास्कोटाले कुनै पनि मन्त्रीले अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए सरकारले त्यसमा सम्झौता नगर्ने बताउनुभएको हो ।

सरकारका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको समाचार प्रकाशन भएपछि मन्त्री बास्कोटाले दोहोरो सुविधा लिएको र अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए कारवाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो “दुरुपयोग प्रति सरकारको सम्झौता हुन सक्दैन । तथ्य, प्रमाण, व्यवहार, कानुन सम्वत ढंगले उठाएको कुरामा कतिपय यस्ता कुराहरु छन्- रहेछन् भने तिनलाई हामी छलफल गरेर तत्काल सम्बोधन गर्छौ ।

” उहाँले महंगी लगायत सरकारले उपलब्ध गराउने भत्ताको विषयमा पनि सम्बन्धित निकायबाट आधिकारीक जानकारी लिन उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले मन्त्रीहरुले पाउने सुविधाको सम्बन्धमा केही बैकल्पिक व्यवस्थापनि हुन सक्ने भएकाले त्यसलाई सोही अनुसार बुझ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा अर्थमन्त्री युवराज खतिवडा बाहेक २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन उपलब्ध गराईएको समाचार प्रकाशन भएपछि दोहोरो सुविधा लिएर मन्त्रीहरुले राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

चिया इलाम–दमकको, तरकारी बोर्डर पारीको !’ इटहरीमा बालेनको व्यंग्यात्मक प्रश्न, रविको गगनलाई कटाक्ष : ‘२० वर्षपछि बल्ल ज्ञान आयो !’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com