ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खशोग्गी हत्या प्रकरण :विश्वसनीय छानविनका लागि राष्ट्रसंघको आग्रह


admin

 कतार, १ पुस । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गर्नुभएको छ ।

टर्कीकी एउटी महिलासँग बिहेको छिनोफानो गरेका खशोग्गीको आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्ने कानुनी प्रक्रियाका लागि साउदी दूतावासमा गएका बेला दूतावासभित्रै गत अक्टोबर २ मा हत्या भएको थियो ।

दोहामा आयोजित एक पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले भन्नुभयो, “पत्रकार खशोग्जीको हत्याबारे विश्वसनीय अनुसन्धान गरी दोषीलाई सजाय दिनु नितान्त आवश्यक कुरा हो ।” गुटेर्रेसले सञ्चारमाध्यममा आएका रिपोर्टबाहेक आफुलाई घटनाबारे थप सूचना नरहेको बताउनुभयो ।

साउदी अरबका राजकूमार मोहम्मद विन सलमानका कट्टर आलोचकसमेत रहेका वासिङ्टन पोष्टका लागि काम गर्दै आएका पत्रकार खशोज्जीको हत्यामा सम्लग्न आरोपित व्यक्तिहरूलाई टर्कीलाई सुपुर्दगी गर्न गरिएको टर्कीको आग्रहलाई साउदी अरबले अस्वीकार गर्दै आएको छ ।
हत्याबारे वास्तविकता बाहिर ल्याउँदा कसैले घुडा टेकेको नबुझिने उक्त अवसरमा टर्कीका विदेशमन्त्रीले शनिबार बताउनुभयो । कतार भ्रमणमा रहेका विदेशमन्त्री मेभलुट कोभुसोग्लुले भन्नुभयो, “हामीले साउदीतर्फबाट घटनाबारे कुनै नयाँ सूचना पाएका छैनौँ ।”

“टर्कीले यस घटनामा हार खाने छैन अन्तिमसम्म कानूनी लडाई जारी राख्ने छ ।”

टर्कीका अनुसार उसले खशोज्जीको हत्या प्रकरणमा अनुसन्धान गर्न १५–सदस्यीय साउदी टोली इस्तानबुल गएको थियो । अनुसन्धानका लागि भनेर रियादले विभिन्न २१ जनालाई हिरासतमा लिएको छ ।

घटनाबारे चासो राख्ने राजनीतिक विश्लेषकहरूले घटनामा साउदी अरबका शक्तिशाली राजकुमार मोहम्मद विन सलमानको अप्रत्यक्ष सम्लग्नता रहेको जनाएका छन् भने साउदी अरबले यसको खण्डन गर्दै आएको छ ।

शनिबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।”

यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य जिम्मेबार रहेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com