ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केले दिए राजीनामा


admin
पुस १, २०७५ आईतबार   ३ : ०३   बजे

एजेन्सी,१ पुस । यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट राजनीतिक प्रेरित आरोप लागेकाले आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममा नै अबरोध आउने परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख छ ।

जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कङ्ग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताउनुभएको छ । उहाँले अर्को साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जानकारी दिनुभयो । नयाँ व्यक्तिको मनोनयनलाई सिनेटले अनुमोदन गर्नु पर्दछ ।

हालैको चुनावबाट अमेरिकी संसद कङ्ग्रेसमा बहुमत ल्याएका डेमोक्रेटले जिन्केको आचरण र फजुल खर्चका विषयमा अनुसन्धान गर्ने सम्भावना थियो । डेमोक्रेट पार्टीले कङ्ग्रेस मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत चुनावी अभियान, व्यवसाय, प्रतिष्ठान र प्रशासनका बारेमा अनुसन्धान थाल्ने अनुमान पनि गरिएका छन् ।

जिन्केले राष्ट्रपति ट्रम्पको संघीय वातावरणीय नियम लागू गर्न तथा देशभित्रै ऊर्जा विकासलाई प्रबद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ वातावरण संरक्षण एजेन्सीका कार्यक्रमहरुमा अर्थपूर्ण सहभागिता जनाउने गर्नुहुन्थ्यो ।

नेभी सिलमा काम गरेको बताउने जिन्केले अमेरिकी तेल तथा ग्यास उद्योगलाई पुनर्जीवित गर्ने योजना अगाडि सारेर स्थानीयबासीबाट प्रशंसा बटुल्नुभएको थियो ।

ट्रम्पले कहिल्यै पनि जिन्केसँग गहिरो निजी सम्पर्क स्थापित गर्नुभएन, तर वातावरणीय समूहबाट भएका आलोचनको दृढतापूर्वक प्रतिरक्षा गरेकामा जिन्केप्रति सम्मान प्रकट गर्नुहुन्थ्यो । पछिल्लो समय जिन्केमाथि कङ्ग्रेसले छानबिन गर्ने सम्भावना बढेको निष्कर्षमा अमेरिकी प्रशासन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group