
काठमाडौं,१ पुस । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गर्नु भएको छ ।
सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गर्नु भयो ।
आईतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिका आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले संसदीय मामिला पत्रकारहरुको आवश्यक्तालाई आफूले नजिकबाट महशुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आश्वासन पनि दिनु भयो ।
सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धि सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
उहाँले प्रतिनिधिसभा भवन मर्मत संहारका कारण संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको पनि स्मरण गराउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्