ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा


admin
मंसिर २९, २०७५ शनिबार  ४ : ०१ बजे

भरतपुर, २९ मङ्सिर। सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने बताउनुभयो । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी हुने उहाँको भनाइ छ ।

सङ्घीय संसद् र प्रदेशसभाका अधिकारबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने र त्यसपछि प्रदेशलाई कानून बनाउन सहज हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

प्रदेशमा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको भन्दै त्यसलाई समाधान गरिने उहाँको भनाइ छ ।

प्रदेशसभाले गरेका काम र अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको प्रदेश नं ३ का सभामुख सानुकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले कानून निर्माणमा कसरी सहकार्य र समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताउनुभयो । छलफलबाट निस्केका निष्कर्षसहितको चितवन घोषणापत्र जारी गर्दै भेला आजै सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

‘पहिले थुन्ने अनि सुन्ने’ प्रवृत्तिले लगानीकर्ता हतोत्साहित: निजी क्षेत्र

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com