ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छु: मुख्यमन्त्री राई


admin

 

विराटनगर, २८ मङ्सिर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर तथा पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “खेलकूदले नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ ।”

मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालन गर्न प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रतिवर्ष रु एक करोड उपलब्ध गराउने प्रदेश सरकार र अखिल नेपाल फुटबल सङ्घबीच सम्झौता भएको जनाएको छ । सो सम्झौता पत्रमा मुख्यमन्त्री शेरधन राई र सङ्घका अध्यक्ष कर्मासिंह शेपाले हस्ताक्षर गर्नुभयो ।

मुख्यमन्त्री राईले राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्मासिंह शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल सङ्घको तर्फबाट अध्यक्ष कर्मासिंह शेपाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यसैगरी, प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत सञ्चालन हुनेछ ।

प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ र प्रदेश खेलकूद बोर्डको परामर्शमा मन्त्रिपरिषद्द्वारा गठित आयोजक समितिलाई प्रदेश सरकारले पाँच वर्षसम्मका लागि प्रति वर्ष रु एक करोड उपलब्ध गराउने छ ।

प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट समूह, ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल समूहबाट तीन गरी बढीमा १६ समूहको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com