ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोलभेँडामा आत्मनिर्भर बन्दै बागलुङ


admin

बागलुङ, ३ असोज ।  गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ ।


जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा गोलभेँडा आयात गर्नुपर्ने अवस्था छ । अहिले वार्षिक ३५० टन गोलभेँडा उत्पादन हुने गरेको छ । व्यावसायिक गोलभेँडाखेतीमा किसानको आकर्षणले जिल्ला आत्मनिर्भरतातर्फ अघि बढेको छ ।

“सुख्खा यामका चार महिनामा जिल्लाको उत्पादन ७० प्रतिशत छ, ३० प्रतिशत बाहिरबाट आउँछ”, कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले भन्नुभयो । बाँकी आठ महिना जिल्लाकै उत्पादनले माग धान्छ । उत्पादनको तुलनामा कारोबार बढेर अहिले वार्षिक रु एक करोड ५० लाखसम्म पुगेको छ । जिल्लामा २० वटा उच्च प्रविधियुक्त प्लास्टिक घर (टनेल) मा तथा करिब ७०० सामान्य प्लास्टिक घर (टनेल) मा गोलभेँडा खेती भइरहेको छ ।

सडक सञ्जालको विस्तारले बजारसम्म पु¥याउन सहजता भएपछि गोलभेँडा खेती थप फस्टाएको हो । जिल्लाका बुर्तिबाङ, खरबाङ, हटिया, काँडेबास, नरेठाँटी, दुदिलाभाटी, बिहुँ, कुश्मीसेरा, बागलुङ नगरपालिका लगायतका क्षेत्रमा गोलभेँडा खेती बढी मात्रामा हुन्छ ।

“गोलभेँडा खेती फस्टाउँदै गएको छ, केही समयपछि बाह्रैमास पुग्ने गरी उत्पादन बढ्छ”, अधिकारीले भन्नुभयो । गत वर्षमात्रै कृषि कार्यालयमार्फत जिल्लाका २० किसानले गोलभेँडालगायतका तरकारी खेतीका लागि कृषि तथा व्यापार आयोजनाबाट रु १० लाखका दरले अनुदान पाएका थिए । अनुदान, सीप र उपकरण सहयोगले किसानलाई व्यावसायिक कृषिमा लाग्न उत्प्रेरित गरेको छ । विदेशबाट फर्केका युवा व्यावसायिक कृषिमा लागेका छन् ।

गोलभेँडा उत्पादन गर्न सके बजारको समस्या नहुने किसान बताउँछन् । गाउँगाउँमा उत्पादित गोलभेँडा सदरमुकामलगायतका बजारमा खपत हुन्छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालीगण्डकी करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजना जिल्लामा पर्ने हुँदा यहाँ उत्पादित कृषि उपजलाई बाहिरी जिल्लामा सहजै निर्यात गर्न सकिने अधिकृत अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com