ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा किन गरिन् ?


admin

ह्यामबर्ग, २१ मङ्सिर । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ ।

यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उहाँले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसक्नुभएको छ ।

आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब बढेको हो । “१८ वर्षसम्म पार्टीको अध्यक्षता गर्न पाएकामा मलाई गर्व लागेको छ । यो निकै लामो अवधि हो, र यसबीचमा सीडीयूमा धेरै उतारचढाव आएको छ,” ह्यामबर्गमा आयोजित पार्टी भेलाका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मर्केलले बताउनुभयो ।

“तर हामीले मिलेरै चारवटा चुनाव जित्यौं, र म सन् २०२१ सम्म चान्सलर अवश्य रहनेछु,” उहाँले भन्नुभयो ।

मर्केलले सन् २००५ देखि जर्मनीको नेतृत्व गरिरहनुभएको छ, र पार्टी एवं देशलाई युरोप र विश्वकै राजनीतिक केन्द्रका रुपमा उभ्याउनुभएको छ ।

दुईजना मुख्य प्रतिस्पर्धीहरु सीडीयूका उपप्रमुख आन्नीग्रेट क्राम्प–कारेन्बर (एकेके भनेर चिनिने) र कर्पोरेट वकील फ्रेड्रिक मर्जमाथि मर्केलको पदचिन्ह पछ्याउने वा त्याग्ने भन्नेमा विवाद र बहस जारी छ ।

तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका स्वास्थ्यमन्त्री हेन्स स्पान्ह भने निकै पछि हुनुहुन्छ । उहाँ चान्सलर मर्केलका कटु आलोचक हुनुहुन्छ । उहाँले जर्मनीमा दश लाखभन्दा बढी आप्रवासी र शरणार्थीलाई जर्मनीमा स्वागत गर्ने मर्केलको नीतिमाथि खुलेरै आलोचना गरिरहनुभएको छ ।

“मर्केल युगको अब अन्त्य हुँदैछ,” राजनीतिक विश्लेषक एवं एकेकेका जीवनी लेखक क्रिस्टिना डन्जले बताउनुभयो ।

ह्यामबर्गमा पार्टीका एक हजार प्रतिनिधि भेला भइसकेका छन् । उनीहरुले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

एकेकेमाथि मर्केलको बलियो सहयोग र समर्थन रहेको विश्वास गरिन्छ ।

मर्केलका निकट मानिएका अर्थमन्त्री पिटर अल्टमायरले पार्टीलाई एकताबद्ध गराउन सक्ने व्यक्ति एकेके नै रहेको भन्दै खुलेर समर्थन गर्नुभएको छ ।

सीडीयूले जुनसुकै धार समाए पनि सत्ता साझेदार दल सोसल डेमोक्र्याट्स (एसपीडी) ले मर्केलको भविष्य निर्धारण गर्नसक्ने अनुमान पनि गरिएको छ ।

एसपीडी धेरै लामो समयदेखि मर्केलको छायाँमा परेको भन्दै पार्टीभित्रै आलोचना पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com