ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिकोका विदेशमन्त्री इब्रार्ड र अमेरिकी विदेश मन्त्री पोम्पेओबीच भेटवार्ता


admin
मंसिर १७, २०७५ सोमबार   ३ : ४२   बजे

एजेन्सी , १७ मङ्सिर । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ ।

यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको बताइएको छ । मेक्सिकन विदेशमन्त्री मार्सेलोले यस भेटलाई सौहार्द भनी टिप्पणी गर्नुभएको छ ।

मेक्सिकोमा नयाँ राष्ट्रपति आन्ड्रे्स म्यानुएल लोपेज ओब्राडोरले आफ्नो कार्यकाल शुरु गरेको एक दिनपछि दुई देशबीचका विदेशमन्त्रीबीच यो भेटवार्ता भएको समाचार आएको छ ।

लामो समयको पर्खाइपछि अमेरिका र मेक्सिकोबीच यसप्रकार मित्रतापूर्वक भेटवार्ता भएको मेक्सिकन विदेशमन्त्री मार्सेलोले गर्नु भएको टवीट्मा भनिएको छ ।

दुई देशकाबीचमा लामो समयपछि शुरु भएको विवादपछि यो पहिलो पटक सौहार्द रुपमा द्धिपक्षीय वार्ता भएको उहाँले आफ्नो ट्वीटर अकाउन्टपछि जानकारी दिनुभएको छ ।

सो ट्वीटमा उहाँले भन्नुभएको छ– हाम्रो देशको नयाँ राष्ट्रपतीय प्रशासनका बारेमा अमेरिकाको धारणा र सकारात्मक कुराकानीका साथै हाम्राबीचमा भएको सौहार्द वार्ताका लागि म अमेरिकी विदेशमन्त्री पोम्पेओलाई धन्यवाद दिन चाहन्छु ।

लोपेज गएको करिब पाँच महिना अघि नै मेक्सिकोको नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । तर उहाँले गत शनिबारमात्र सपथ लिनुभएको हो । उहाँ मेक्सिकोको एकजना वामपन्थी नेताका रुपमा परिचित हुनुहुन्छ ।

हजारौँ जना मध्यअमेरिकी देशका नागरिक यी दुई देश (अमेरिका र मेक्सिको) को सीमा क्षेत्रमा शिविर निर्माण गरेर बसेका छन् । उनीहरु अमेरिका छिर्न चाहन्छन् । आफ्नो देशमा बस्न असुरक्षा, हत्या हिंसा र गरिबीका कारण उनीहरु अमेरिका छिर्न चाहेका छन् ।

तर अमेरिकाले उनीहरुलाई आफ्नो देश छिर्न नदिने बताएको छ । ट्रम्प प्रशासनले लामो समयदेखि उनीहरुलाई सोही सीमा क्षेत्रमा नै रोकेर राखेको छ । यसका लागि ठूलो संख्यामा अमेरिकाले सेना पनि सीमा क्षेत्रमा पठाएको छ ।

तर मेक्सिकोले भने उनीहरुलाई अमेरिका जान दिनुपर्ने बताएको छ । यसै कारणले यी दुई देशबीच लामो समयदेखि विवाद जारी छ । सो विवादपछि पहिलो पटक अमेरिका र मेक्सिकोका विदेशमन्त्रीबीच पहिलो पटक यो भेटवार्ता भएको हो ।

त्यसैले यस भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा उल्लेख गरिएको छ । सो वार्तामा उक्त समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको अनुमान गरिएको छ ।
यी दुई देशले सीमा क्षेत्रको सो आप्रवासी समस्या सामुहिक रुपमा कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गरिने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group