ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिकोका विदेशमन्त्री इब्रार्ड र अमेरिकी विदेश मन्त्री पोम्पेओबीच भेटवार्ता


admin

एजेन्सी , १७ मङ्सिर । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ ।

यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको बताइएको छ । मेक्सिकन विदेशमन्त्री मार्सेलोले यस भेटलाई सौहार्द भनी टिप्पणी गर्नुभएको छ ।

मेक्सिकोमा नयाँ राष्ट्रपति आन्ड्रे्स म्यानुएल लोपेज ओब्राडोरले आफ्नो कार्यकाल शुरु गरेको एक दिनपछि दुई देशबीचका विदेशमन्त्रीबीच यो भेटवार्ता भएको समाचार आएको छ ।

लामो समयको पर्खाइपछि अमेरिका र मेक्सिकोबीच यसप्रकार मित्रतापूर्वक भेटवार्ता भएको मेक्सिकन विदेशमन्त्री मार्सेलोले गर्नु भएको टवीट्मा भनिएको छ ।

दुई देशकाबीचमा लामो समयपछि शुरु भएको विवादपछि यो पहिलो पटक सौहार्द रुपमा द्धिपक्षीय वार्ता भएको उहाँले आफ्नो ट्वीटर अकाउन्टपछि जानकारी दिनुभएको छ ।

सो ट्वीटमा उहाँले भन्नुभएको छ– हाम्रो देशको नयाँ राष्ट्रपतीय प्रशासनका बारेमा अमेरिकाको धारणा र सकारात्मक कुराकानीका साथै हाम्राबीचमा भएको सौहार्द वार्ताका लागि म अमेरिकी विदेशमन्त्री पोम्पेओलाई धन्यवाद दिन चाहन्छु ।

लोपेज गएको करिब पाँच महिना अघि नै मेक्सिकोको नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । तर उहाँले गत शनिबारमात्र सपथ लिनुभएको हो । उहाँ मेक्सिकोको एकजना वामपन्थी नेताका रुपमा परिचित हुनुहुन्छ ।

हजारौँ जना मध्यअमेरिकी देशका नागरिक यी दुई देश (अमेरिका र मेक्सिको) को सीमा क्षेत्रमा शिविर निर्माण गरेर बसेका छन् । उनीहरु अमेरिका छिर्न चाहन्छन् । आफ्नो देशमा बस्न असुरक्षा, हत्या हिंसा र गरिबीका कारण उनीहरु अमेरिका छिर्न चाहेका छन् ।

तर अमेरिकाले उनीहरुलाई आफ्नो देश छिर्न नदिने बताएको छ । ट्रम्प प्रशासनले लामो समयदेखि उनीहरुलाई सोही सीमा क्षेत्रमा नै रोकेर राखेको छ । यसका लागि ठूलो संख्यामा अमेरिकाले सेना पनि सीमा क्षेत्रमा पठाएको छ ।

तर मेक्सिकोले भने उनीहरुलाई अमेरिका जान दिनुपर्ने बताएको छ । यसै कारणले यी दुई देशबीच लामो समयदेखि विवाद जारी छ । सो विवादपछि पहिलो पटक अमेरिका र मेक्सिकोका विदेशमन्त्रीबीच पहिलो पटक यो भेटवार्ता भएको हो ।

त्यसैले यस भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा उल्लेख गरिएको छ । सो वार्तामा उक्त समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको अनुमान गरिएको छ ।
यी दुई देशले सीमा क्षेत्रको सो आप्रवासी समस्या सामुहिक रुपमा कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गरिने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com