ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि संकटकाल घोषणाको तयारी


एबीसी न्यूज

काठमाडौं , १७ मंसिर । फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ । फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘सरकार फेरि यस्ता घटना नदोहोरियोस् भन्ने चाहान्छ, त्यसैले संकटकाल एक विकल्प हो ।’

इन्धनको मूल्यवृद्धिको विरोधमा फ्रान्सका हजारौं जनता सरकारविरुद्ध सडकमा उत्रिएका छन् । विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

प्रदर्शनमा सहभागीहरुले प्रहरीमाथि नै आक्रमण गरेको, सवारी साधन, भौतिक संरचनामा आगजनी तथा तोडफोड गरेका भिडियो टेलिभिजन च्यानलहरुले देखाइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले पनि बल प्रयोग गर्दै आएका छन् ।

शनिबारको प्रदर्शनमा एक सय भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा २३ जना सुरक्षाकर्मीसमेत रहेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ४०० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनकारीले फ्रान्सको प्रसिद्ध स्मारक अख द ट्रियोम्फमा क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीले प्रसिद्ध स्मारकको भित्तामा सरकारको विरोधमा लेखिएका नारा सुरक्षाकर्मीहरुले मेटाएका छन् ।

अर्जेन्टिनामा आयोजित जी २० सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएलगत्तै राष्ट्रपति म्याक्रोले अख द ट्रियोम्फको अवलोकन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com