ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्छः गिलानी


admin
मंसिर १५, २०७५ शनिबार  २ : ५४ बजे

काठमाडौं,१५ मङसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताउनुभएको छ ।

एशिया प्रशान्त शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले सम्मेलनमा सहभागी मुलुकले द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । हाल पूर्व विकास र अर्थतन्त्रको केन्द्र बनेको र विश्व पूर्वतर्फ सर्दै गइरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका जनताका लागि सम्पर्क सञ्जाल निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

समुद्रसम्मको पहुँच उनीहरुका लागि आवश्यक रहेकामा जोड दिँदै उहाँले भन्नुभयो, “‘बेल्ट एण्ड रोड’ प्रयासमा पाकिस्तान प्रवेश गरेको छ र यसले बन्दरगाह, आर्थिक क्षेत्र तथा सम्पर्क सञ्जालको विकास गर्छ ।”

आतङ्कवाद र कट्टरपना आफैँमा समस्या भएको टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री गिलानीले यो पाकिस्तानको मात्र समस्या होइन भन्नुभयो ।

उहाँले भन्नुभयो, “राम्रो तालिवान वा आतङ्कवादी भन्ने हुँदैन आतङ्कवादी आतङ्कवादी नै हो । पाकिस्तानले पनि यसका लागि निकै मूल्य तिरेको छ ।

पचहत्तर हजार पाकिस्तानीले ज्यान गुमाएका छन् र पाकिस्तानले ३५ लाख शरणार्थीलाई शरण दिएको छ । मेरो आफ्नै छोरा पनि आतङ्कवादीबाट अपहरणमा परेका थिए ।”

उहाँले नेपालको सुन्दरता, प्रकृति तथा नेपाली जनताको मिल्न सक्ने क्षमता आकर्षक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com