ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सि, पुटिन र मोदी त्रिपक्षीय सहयोग विस्तारमा सहमत


admin
मंसिर १५, २०७५ शनिबार   २ : ०३   बजे

एजेन्सी, १५ मङ्सिर । चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको बताइएको छ ।

विश्वमा शान्ति, विकास र स्थायित्वका लागि तीन देशले आपसमा समझदारी र समन्वयका साथ अघि बढ्नुका साथै यी देशको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने धारणा उहाँहरुको छ ।

शुक्रबार बुनस एयरमा भएको त्रिपक्षीय तथा संयुक्त भेटका क्रममा सो सहमति भएको प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच शुक्रबार साँझ अनौपचारिक भेट र वार्ता भएको हो ।

सो भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले चीन, रुस र भारत एक आपसका महत्वपूर्ण तथा रणनैतिक साझेदार राष्ट्र भएकोले पनि एक आपसमा मिलेर सहयोग र समन्वयका कार्यक्रम बनाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपति सिले तीन देशको साझा चासो र एकै खाले विकास लक्ष्यका साथ अघि बढ्न सकेमा क्षेत्रीयरुपमा मात्र नभएर विश्वकै विकास र स्थायित्वमा पनि ठूलो सघाउ पुग्ने बताउनुभयो ।

गएका दश वर्षमा तीन वटै देशले सक्रिय, द्धिपक्षीय तथा त्रिपक्षीयरुपमा वार्ता गर्दै आएको, निकै खुलारुपमा भएका ती वार्ता तीन देशबीच खुलापनको प्रवर्धन, आपसी एकताकासाथै समझदारी निर्माण र आपसी विश्वासमा आधारित आयोजनाको निर्माण गर्न सघाउ पुगेको उहाँले बताउनुभयो ।

अहिले क्षेत्रीय, विश्वव्यापिरुपमा पनि एक किसिमले भन्ने हो भने विभिन्न खालका र नयाँ नयाँ चुनौतीको विकास भइरहेकोले यस्ता समस्या समाधान सामूहिकरुपमा खोज्नका लागि पनि त्रिपक्षीय वार्तालाई अघि बढाउन आवश्यक रहेको पनि राष्ट्रपति सिले बताउनुभयो ।

उहाँले तीन देशले आगामी दिनका लागि नयाँ खालको सम्बन्ध विस्तार गरी आपसी राजनीतिक विश्वासका साथ अघि बढ्न सके यस क्षेत्रमा र विश्वमा समेत देखिएका यस्ता नयाँ नयाँ समस्याको समाधानका लागि सहयोग पुग्ने धारणा सो त्रिपक्षीय भेटका अवसरमा राखेको बताउनुभयो ।

राष्टपति सिले समूह २०, जी–२० का साथै ब्रिक्स र साङघाई कोअपरेसन अर्गनाइजेसनसमेत गरी तीन देशले एक अन्तरराष्ट्रिय त्रिपक्षीय साझा संयन्त्रको विकास गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group