ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईच्छा शक्ति भएमा केहीले पनि रोक्दैन भन्ने उदाहरण बनेकी छन्  शाखा अधिकृत शारदा पन्थी , उनी संग हाम्रा संवादाताको कुराकानी


एबीसी न्यूज

गुल्मी जिल्लाको रेसुंगा न.पा.वडा नं.६मा मित्रलाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मनु भएकी शारदा पन्थीको १९ वर्षकै उमेरमा प्रविणता प्रमाणपत्र तह पढ्दा पढ्दै विवाह प्रहरी निरीक्षक गोविन्द पन्थी संग भएको थियो ।श्रीमानले साथ दिए र वातावरण पाएमा महिलाले प्रगती गर्न सक्छन् भन्ने उदाहरण उहाँ बन्नु भएको छ। १ छोरा र १ छोरी की आमा बनेकी शारदाले उक्त अवधीमा मास्टर डिग्री गरी लोकसेवाको तयारी गरी खुल्ला प्रतिस्पर्धामा नाम निकाल्न सफल शारदा पन्थी संगको सफलता कसरी मिल्यो भन्ने सन्दर्भमा हाम्रा संवादाताले गरेको कुराकानी –

  • प्रश्न – तपाई भरखरकै देखिनु हुन्छ,१ छोरा १ छोरी पनी जन्माई सक्नु भएछ,के कसरी समय ब्यबस्थपन गरी कसरी शाखा अधिकृतमा नाम निकाल्न सफल हुनु भयो ? आफ्ना अनुभव बताई दिनुस ताकि त्यस्ता अनुभवले अन्य महिला दिदीबहीनीहरुलाई पनी प्रेरणा मिल्न सकोस ? 
  • उत्तर – शारदा पन्थी – मेरो सानै उमेरमा विवाह भयो,विवाह गर्दा म प्रबिणता प्रमाणपत्र तह दोस्रो वर्षमा पढ्दै थिए,म सामान्य परिवारमा जन्मिएर हुर्किएकी हु,विवाह पश्चात् म श्रीमान् संग काठमाडौँमा आए। सानै देखि मलाई पढेर ठुलो मान्छै बन्नु पर्छ भन्ने लागदथ्यो,त्यसैले कार्यक्रममा भाग पनी लिन्थे,कहिले काही प्रथम हुन्थे आनन्द आउथ्यो,त्यसैले विवाह पश्चात् मैले आफ्नो पढाइलाई निरन्तरता दिए,श्रीमानको परिवार पनी सबै शिक्षित हुनुहुन्थ्यो त्यसैले उहाको पनी साथ पाए हौसला भयो,मास्टर डिग्री पास गरे,बिचमा बच्चा जन्मियो,२ वर्षमै स्कुल राखे,पढाईलाई निरन्तरता दिए र २०७० सालमा लोकसेवाबाट ना.सु.पदमा लिखित पास भए तर अन्रबार्तामा फालिए,साह्रै पिर पर्यो,पुन:२०७१ सालमा ना.सु.मा नाम निस्क्यो,नियुक्ती पाए। त्यसपछी हौसला बढ्यो कार्यालयको काम,बच्चा बच्ची,परिवारका बाबजुत पढाईलाई निरन्तरता दिए र अहिले २२२२१ मध्ये खुल्ला प्रतिस्पर्धाबाट ३६५ अधिकृत पास भए मध्ये म पनि सफल भएकी छु ।

प्रश्न –  धेरै ब्यक्तीहरु पास हुन सकिदैन लोकसेवा भन्छन्? अझ महिला त्यसमा पनी विवाहित कार्यालयको काम २ वटा बच्चा सहित के कसरी तपाईले समय को ब्यबस्थापन गर्न सक्नु भयो ?

उत्तर – दृढ ईच्छा शक्ती धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव हुदैन । गर्न नसकिने केही छैन । मैले विवाह गरेको २ वर्षमै बच्चा जन्माएकी थिए,सानो बाबु हेर्दै मैले डिग्री पास गरे र पुन: अर्को बच्चा जन्मियो २ जना बच्चा हेर्दै तिनिहरुलाई पढाउदै अझ श्रीमान २४ सै घण्टा जनताको सुरक्षामा रहने जागिरमा हुनुहुन्थ्यो,उहाले खासै समय दिन सक्नु हुन्थेन र मेरो दृढता थियो शाखा अधिकृत भएरै छाड्ने र जनताको सेवामा गई जनमुखि सेवा दिने भन्ने जुन कुरामा एक तहमा मैले सफलता पाएकी छु । अब मेरो परिक्षण जनताको सेवा दिनमा हुनेछ ।

  • प्रश्न –  तपाईले लोकसेवा पास गर्दा के कस्ता चुनौतीहरुको सामना गर्नु भयो? कसरी लोकसेवा पास गर्न सकिने रहेछ ?

उत्तर –  मेरा चुनौतीका त कुरा गरी साध्य छैन् । विवाह सानै उमेरमा भयो । शुरुमा BA,MA गर्दा नै ६,७ वर्ष बित्यो । बिचमा बच्चा श्रीमान् प्रहरीको जागिरे,घर र परिवार समेत हेर्नु पर्ने समस्याको चाङ्गको बाबजुद मैले आफ्नो सपना साकार पर्नु थियो त्यसैमा लागे,परिक्षा दिदै गर्दा एउटा महिलालाई न्याय दिदा त्यसै अभियोगमा श्रीमान लाई पुल्चोकबाट तानियो,सामान्य होला,एक transfer त होला नी भन्ने सोचेकी थिए तर उहा घरमै आउन नपाएको देख्दा आश्चर्य लाग्यो । मिडियाबाट समाचार आउन थाले,एक महिलालाई न्याय दिदा प्रहरी निरीक्षक तानिए जस्ता थरी थरीका समाचार आउन थाले । मिडियाले अन्यायका बिरुद्ध राम्रै कभरेज गरेको देख्दा न्याय हुने ठान्थे र महिलालाई न्याय दिदा तानिएको भन्दा गर्व पनी भयो । त्यही तनाबको बिचमा exam दिए । प्रथम चरणमा पास भए । कौतुहलता र अनिश्चियताको बिचमै परिक्षाको तयारी पनी गर्नु थियो । करिब २ महिना श्रीमानलाई जिम्मेवार बिहीन बनाई राखियो । त्यस अवधीमा श्रीमानले मलाई घरको काममा सघाउने मौका मिल्यो । मैले पढाईलाई अझ तिब्रता दिए,मनमा अन्यायको आभाष भएकै थियो त्यस्तो चुनौतीलाई अवसरको रुपमा लिए। जसले गर्दा नाम निकाल्न पनि सफल भए ।

  • प्रश्न – लोकसेवा उतिर्ण गर्न के कस्ता जवाफ कसरी लेख्नु पर्ने रहेछ तपाईको अनुभव ?

उत्तर –   सर्बप्रथम प्रश्नको राम्रो संग अध्ययन गर्ने,प्रश्नले मागेको उत्तर के हो सटिक उत्तर दिने,जानेको प्रश्नमा लामो गन्थन लेख्ने र केही कम जानेको थोरै लेख्ने वा छाड्ने गर्नु हुदैन ।छोटो प्रश्नको उत्तर छोटो रुपमा सटिक रुपमा लेख्ने र लामो प्रश्नकोको उत्तर जसको अंक भार धेरै छ त्यसलाई त्यही अनुसार समयको ब्यबस्थापन गरी सम्पुर्ण प्रश्नको जवाफ दिने प्रयास गर्नु पर्छ ।अर्थात् जानेको प्रश्नमा हामी धेरै लेख्छौ र केही जानेका प्रश्नहरुको जवाफ दिनै भ्याउदैनौ । जसले गर्दा सोधिएका सबै प्रश्न हल हुदैनन् । जसका कारण हामी परिक्षामा उतिर्ण हुन सक्दैनौ । तसर्थ प्रश्नको सटिक जवाफ, समयको ब्यबस्थापन गरी लेख्न सकेमा सफलता पाईन्छ ।

  • प्रश्न –अन्य महिला जसले बिबाहित भएर पढ्न पाएनौ,बच्चाले दिएनन्,त्यसैले पढेर पनी house wife नै छौ भन्ने महिलाहरुलाई तपाईको सुझाव के छ?

उत्तर – दृढ ईच्छा शक्ती भए केहीले रोक्न सक्दैन,तर आफ्नो परिवारले साथ दिनै पर्छ । वाताबरण नै नभए त कहाँ सकिन्छ र ? तर बच्चाहरु भएकै कारण गर्न नसकिने होईन गर्न सकिन्छ । ईच्छा शक्ती,धैर्यता र निरन्तरता कायम राख्नुस् पढाईलाई नछाड्नुस,अवस्य नाम निस्किन्छ । हामी पनी पुरुष भन्दा कम छनौ शारिरीक रुपले केही हद सम्म पुरुष सरह गर्न नसकिएला, त्यो त प्राकृतिक कुरा भयो । तर गर्न नसकिने होईन । विश्वमा धेरै मुलुकमा महिलाले नेतृत्त्व समेत प्रदान गरेका छन् त्यसैले असम्भव केही छैन सबैले कोशीस गर्नुस सफलता पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com