
पोखरा, १३ मङ्सिर । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश सबैभन्दा समृद्ध प्रदेश बन्न सक्ने बताएका छन । पोखराको प्रदर्शनी केन्द्रमा बिहिबार ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला (२०७५को उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिब्यक्ति दिएका हुन ।
उनले प्रदेशमै उत्पादन हुने बस्तु तथा सामानको प्रयोग गर्दै स्थानियलाई प्रर्बद्धन गर्नुपर्ने बताउदै प्रदेश सरकारले कृषि पर्यटन र उद्योगमा लगानी मैत्री वातावरण बनाउनतर्फ केन्द्रित रहेको उल्लेख गरे ।
मुख्यमन्त्री गुरुङले कृषिमा आधुनिकिरण गराई स्थानिय क्षेत्रको उत्पादनमा जोड दिन समेत आग्रह गरे । “हाम्रो प्रदेश कृषि पर्यटन र उद्योगका लागि असिमित सम्भावना बोकेको प्रदेश हो,उनले भने “त्यसैले यहाँको उत्पादनमा जोड दिएर आवश्यक बजारीकरण गर्न हामी पहल गर्छाै ।”
पोखरा पर्यटकिय गन्तव्य भएकाले यहाँ धेरै क्षेत्रहरुमा पूर्वाधारको विकास गर्न अझ आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकार हरेक क्षेत्रको निर्माणका लागि कटिबद्ध रहेको बताए ।
उनले पोखरालाई एक्स्पो हबको रुपमा स्थापित गर्न ठूलो कन्फेरेन्स हलको आवश्यक्ता रहेको उल्लेख गर्दै आवश्यक जग्गा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको बताए । मुख्यमन्त्री गुरुङले उद्योग व्यावसायलाई प्रचार–प्रसार हुने गरि ध्यान दिएर लगानीगर्न समेत आग्रह गरेकाथिए ।
पोखरा उद्योग बाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला -२०७५’आगामी २४ गते सम्मचल्ने आयोजकले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्