
रुकुम,१३ मङसिर । रुकुम पूर्वमा ५५ थान भरुवा बन्दुक भेटिएका छन । नयाँ जिल्ला रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरुसंग भरुवा बन्दुक भेटिएका हुन ।
रुकुम पूर्वमा अवैैधानिक हातहतियार राखिएको र उक्त हतियारहरु शिकार खेल्ने संगै विभिन्न घटनामा समेत प्रयोग भैरहेको सूचना जिल्ला प्रशासन कार्यालयले पाएपछि कडाई गर्दै आएको थियो ।

स्थानीय बन तथा बन्यजन्तु संरक्षण समितिले प्रत्येक घर-घरमा अवैधानिक भरुवा बन्दुक संकलन गरेर आफै आज जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बन तथा बन्यजन्तु संरक्षण समितिका अध्यक्ष अमरधन पुनले ५५ थान भरुवा बन्दुक एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वलाई बुझाएको बताएका छन ।
पुनका अनुसार गाउँगाउँमा हतियार रहेको प्रशासनले अनुमान गरेपछि केहि कडाई गरेको र स्थानीय बन समितिको नेतृत्वमा उक्त हतियार संकलन भएर प्रशासनमा स्वतस्फुर्त आएको बताए ।
उक्त हतियार प्रशासनले सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा हस्तान्तरण गरिसकेको छ । गाउँगाउँमा बिना अनुमति राखिएका अधिकार संकलन गरेर प्रशासनमा बुझाएको भन्दै बन समितिलाई प्रशासनले धन्यबाद समेत दिएको छ ।
ठुलो मात्रमा अवैधानिक भरुवा बन्दुकहरु प्रशासनमा स्थानीय आफैले बुझाएपछि जिल्लाको शान्ति सुरक्षामा केहि सुधार आउने प्रशासनले अनुमान गरेको थियो ।
दुई चरणमा भएका संविधानसभा चुनाव र स्थानीय चुनाबमा लाईसन्स बिना वा लाईसन्स लिएका पनि हतियारहरु कार्यालयमा बुझाउन प्रहरी प्रशासनले बारम्बार सार्बजसनक सूचना गरेपनि रुकुममा अपेक्षित हतियार बुझाईएको थिएन ।



















प्रतिक्रिया दिनुहोस्