ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदान गर्न आतुर मतदाता


admin
आश्विन १, २०७४ आईतबार   २ : २३   बजे

 

वीरगञ्ज, १ असोज ।  भोलि सोमबार हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मत खसाल्न मतदाता आतुर छन् ।
मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । दुई दशकपछि भोलि हुने तेस्रो चरणको निर्वाचनमा आफूले मन पराएको उम्मेदवारलाई मत खसाल्न पाउँदा मतदातामा खुशीको लहर छाएको हो ।

संविधानप्रति विमति जनाउँदै आएका मधेशवादी दलका कारण बारम्बार निर्वाचनको समय फेरबदल हँुदै आएकामा ती मधेशवादी दलले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा भाग लिएपछि संविधान कार्यान्वयनको मार्ग प्रशस्त भएको छ ।

संविधानमा व्यवस्था भएअनुसार नै यसपाली निर्वाचनमा महिला, दलित तथा उत्पीडन समुदायले उम्मेदवार बन्ने मौका पाए र यो संविधानले महिलाको समान अधिकारलाई सुनिश्चित गरेकाले सोमबार मत खसाल्न महिला पनि तम्सिएका छन् ।
यहाँको महानगरपालिका, नगरपालिका, गाउँपालिका र वडामा विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दिए पनि यसपाली उम्मेदवार र दलको ख्रोक्रो आश्वासनमा नपरि विकास गर्ने उम्मेदवारलाई मत खसाल्न घर नजिकै रहेको मतदान केन्द्रमा जाने अलौवासीको सोच छ । “नेताका झूठो आश्वासनको जालोमा धेरै परियो तर अब सोमबार असल र विकासप्रेमी उम्मेदवारलाई भोट हाल्छौँ । वीरगञ्ज महानगरपालिका वडा नं २४ रमघडवाका शेषमन पण्डित भन्नुहुन्छ, “दुई दशकपछि स्थानीय तहको चुनावमा मत खसाल्न पाएको अधिकार बिहानै मतदान गरी सदुपयोग गर्छौं ।”

चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवार समृद्ध र सवल पर्सा, सडक सञ्जालको विकास ,आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मत खसाल्ने कुरामा मतदाताबीच विमति भने देखिँदैन ।

यो जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ११२वटा मतदान केन्द्र रहेको छ । दुई लाख ८० हजार २१२ मतदाताले बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदानका लागि सबै व्यवस्था मिलाइसकिएको, सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले पायकपर्ने ठाउँमा मतदान गर्न सहज वातावरण बनेको छ ।

जनप्रतिनिधिविहीन अवस्थामा दुई दशकसम्म विकास हुन नसकेको पर्सा जिल्लामा सोमबार हुने निर्वाचनले विकासको बाटो खोलिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group