ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ बाणिज्य दूतावासमा आक्रमण, दुईको मृत्यु


admin

 

पाकिस्तान, ७ मङ्सिर । पाकिस्तानको बन्दरगाह शहर कराँचीमा रहेको चिनियाँ बाणिज्य दूतावासमा शुक्रबार अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा परी कम्ती दुई प्रहरीको मृत्यु भएको छ ।
पाकिस्तानी सरकारी अधिकारीहरुले सो जानकारी दिएको कराँचीबाट प्राप्त समाचारमा जनाइएको छ ।

चार जना बन्दु्कधारीले दूतावासमा प्रवेश गर्ने कोशिस गरेका र उनीहरुलाई भित्र प्रवेश गर्नबाट दूतावासको सुरक्षामा रहेका सुरक्षाकर्मीले रोक लगाएका थिए ।

त्यस क्रममा ती बन्दुकधारीले सुरक्षाकर्मीमाथि नै हमला गरेका थिए । कराँचीका एकजना स्थानीय प्रहरी अधिकारी जाभेद अलाम ओधोले एएफपी समाचार समितिलाई सो जानकारी दिएका समाचारमा जनाइएको छ ।

सुरक्षा अधिकारीले रोक लगाएपछि बन्दुकधारीले प्रहार गरेको गोलीबाट दुई प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य गम्भीर घाइते भएका जाभेदले बताउनु भएको छ । आक्रमणपछि ती बन्दुकधारीहरु भागेका र हाल सुरक्षा अधिकारीहरुले सो इलाकालाई घेरा हालेर खोजी गरिरहेको बताइएको छ ।

पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा बढी प्रभाव रहेको भनिएका पृथकतावादी आतङ्ककारी समूहले सो आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । कराँची चिनियाँ लगानी परियोजनाको प्रमुख केन्द्रको रुपमा रहेको छ । बलुचिस्तान लिबेरेसन आर्मि (बीएलए) का प्रवक्ताले एएफपीलाई अज्ञात स्थलबाट जानकारी दिएका छन् ।

उनले भनेका छन्– कराँचीको हमला हामीले नै गराएका हौँ अगामी दिनमा पनि यस प्रकारको आक्रमण जारी नै राख्ने छौँ ।
पाकिस्तानको ठूलो तर निम्न आय भएका नागरिकको बाहुल्यता रहेको बलुचिस्तानमा बीएलएले विगतका दिनदेखि आतङ्क मच्चाउँदै आएको छ ।

यस दूतावासमा २१ जना चिनियाँ कर्मचारी कार्यरत रहेका छन् । अरु सबै भने सुरक्षित रहेका बताइएको छ । चिनियाँ लगानी शुरु भएयता नै चिनियाँ कामदार निमार्णाधीन इलाकामा आतङ्ककारीहरुले बारम्बार आक्रमण गर्दै आएका छन् ।

चीनको निन्दा 

यसैबीच प्राप्त अर्काे एक समाचारमा जनाइएअनुसार उक्त आक्रमणको चीनले निन्दा गरेको छ । कराँचीको चिनियाँ वाणिज्य दूतावासमा भएको हमला र चिनियाँ नागरिकको हत्याको चीन सरकारले कडा शब्दमा निन्दा गरेको छ ।
चीन सरकारले उक्त हत्याकाण्डको निन्दा गरेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com