
काठमाडौं,७ मङ्सिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीको मोडलबाट अघि बढन प्रदेश र स्थानीय तहलाई आह्वान गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले न्यायपूर्ण समाज निर्माणका लागि सहकारीको बाटो सबैभन्दा उपयुक्त रहेको उल्लेख गर्दै सोही बाटोबाट अघि बढन प्रदेश र स्थानीय तहलाई आग्रह गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सहकारीको बाटोबाट जमिनलाई उपयोग गरेर आधुनिक कृषि खेती र कृषि प्रणालीलाई अघि बढाउन आवश्यक पूँजी र प्रविधि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउन सरकार तयार रहेकोे पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले प्राकृतिक स्रोतको परिचालन र त्यसबाट हुने उत्पादनको वितरण समन्यायिक हुनुपर्नेमा पनि जोड दिनु भयो । अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।
उहाँले मुलुकको विकासको मोडल सरकार, सहकारी र निजी क्षेत्रबीचको सहकार्यमा आधारित रहेको पनि स्मरण गराउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्