ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने ,हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ


admin
मंसिर ६, २०७५ बिहीबार  ५ : ०५ बजे

काठमाडौं,६ मङसिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७५-०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उहाँले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याउनुभयो ।

“हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनुपर्छ । त्यो काम एक कदम अगाडि बढ्ने हुनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।”

मन्त्री र कर्मचारीले काम गर्ने शैलीमा पनि परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले नीति, बैठक, छलफल र सुझावमा धेरै समय खेर नफालेर राष्ट्र विकासका कामलाई प्राथमिकता दिन निर्देशन दिनुभयो ।

“विषयवस्तुको आफैँ गहन अध्ययन गर्नुहोस्, अवधारणा बनाउनुहोस् र त्यसपछि सुझाव लिनुहोस्” प्रधानमन्त्रीले थप्नुभयो, “सबै कुरा विज्ञबाट ग्रहण गरेर तपाईंले गर्न खोजेको काम पूर्ण हुँदैन । आफू स्पष्ट हुनुहोस् । विज्ञको सुझावले त्यसलाई समृद्ध बनाउनुहोस् ।”

कार्यालय समयमा हुने बैठकका भत्ता लिएर राज्यकोषलाई मारमा नपार्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई निर्देशन दिँदै मितव्ययी भएर राज्यकोषलाई दोहनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल वायुसेवा निगमको ‘वाइबडी’ जहाज उडाउने तयारी तथा निगम घाटामा जानाको कारणबारे पनि जिज्ञासा राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयलाई वृक्षरोपणमा मात्र नभई कृषि वन बढाउन पनि आग्रह गर्नुभयो । उहाँले निर्देशन दिनुभयो, “अनुत्पादक जातका बिरुवा होइन प्रतिफल दिने फलफूलका बिरुवा रोप्न प्रेरित गर्नुहोस्, त्यसोे गरेमा फल जति जनताको, बोटजति सरकारको हुन्छ ।”

सहकारीमार्फत ठूलो मात्रामा कृषि उत्पादन गर्न सकिने विभिन्न देशको दृष्टान्त प्रस्तुत गर्दैै प्रधानमन्त्रीले त्यसैअनुसार नेपालमा पनि बृहत् उत्पादनमा जोड दिनुपर्ने औँल्याउनुभयो । “बृहत् मात्रामा कृषि उत्पादन गरौंँ, जसले निर्यात प्रवद्र्धनमा पनि सघाओस्,”कृषिको उत्पादकत्व वृद्धि सुझाउँदै उहाँले भन्नुभयो ।

उहाँले कृषि, उद्योग, पर्यटन र सेवाका क्षेत्रलाई आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सङ्घ, प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई हटाउन निर्देशन पनि दिनुभयो ।

“यस्ता कुराले कतिपय ठाउँमा कार्यक्रम, योजना र बजेट दोहोरो पर्ने स्थिति छ । त्यसो हुनु भएन”, उहाँले भन्नुभयो ।

आजको समीक्षा बैठकमा सचिवहरु खानेपानी तथा सरसफाइ मन्त्रालयका गजेन्द्र ठाकुर, युवा तथा खेलकूद मन्त्रालयका मोहनकृष्ण सापकोटा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका खगराज बराल र कृष्ण बिसीले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका महेश दाहाल, वन मन्त्रालयका विश्वनाथ ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कृष्णप्रसाद देवकोटाले मन्त्रालयबाट सम्पादित कामको प्रगति विवरण पेश गर्नुभएको थियो । बाँकी मन्त्रालयको प्रगति समीक्षा आगामी शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

बालाजुस्थित गुम्बा भत्काउने सरकारको तयारीः बौद्ध धर्ममाथि आक्रमण गरेको आरोप

‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com