ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ?


admin
मंसिर ५, २०७५ बुधबार  २ : ३९ बजे

एजेन्सी ,५ मङसिर । शनिबारको बिहान  १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् ।

“लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो ।”

उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ ? “सम्भवत,” उनी स्वीकार्छन् ।

तर उनीहरुले भनेजति खेल्न पाउँदैनन् । अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ । उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु ?

हेनरीलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नु पर्दछ, उनका बुबाआमाले भने । “उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,” उनकी आमा बार्ब हेली भन्छिन् । “ऊ रिसाउँछ, निराश हुन्छ । आमा कति खराब हुनुहुन्छ भन्छ । यो किन, केका लागि गरेको भन्छ ।”

विज्ञहरुको भनाइमा यसको लक्ष्य नै बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचुन्, गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ । अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ । तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ ।

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ । तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन् । सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे । आधाभन्दा बढीले मोबाइलले उनीहरुलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए ।

केही प्रविधि क्षेत्रका कम्पनीहरुले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन् । एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा “स्क्रीन टाइम” सुविधा थपेको छ । यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरुका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ । गूगल फर फेमिलिज र गूगल प्ले तथा अरु धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन् ।

तर यी सुविधाहरु मोबाइलमा आफैँ सेट हुँदैनन् ।

सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो । वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे । छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकूदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताएका थिए ।

“मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,” एलेन भन्छन् । त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे । कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए ।

एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो । “त्यसपछि ऊ बाहिरियो ।” यो अन्याय भो भन्दै ऊ बाहिर गयो । बाबुले एभरेटको कुरा सुनिरहे । उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने ।

“मैले केही गल्ती त गरेको छैन नि,” एभरेटले पटकपटक भनिरह्यो ।

यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरु यसलाई “कुलत” भन्न चाहिँ रुचाउँदैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई “गेमिङ हलचल वा गडबडी” भनेको छ । डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै व्यवधान ल्याउँछ । अमेरिकी स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ ।

कहिलेकाहिँ, विज्ञहरुको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ सङ्कटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ । त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ ।

“एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,” न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन् । “यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ ।”

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे । वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो । आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन् । एभरेटले साक्सोफोन पनि बजाउँछ । हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com